+
+

बढी शुल्क लिएको विरोधमा संयुक्त विद्यार्थी संगठनले केएमसी कलेजमा लगाए ताला

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ९ गते १५:३२

९ माघ, काठमाडौं। चिकित्सा शिक्षा अध्ययनका लागि सरकारले तोकेकोभन्दा बढी शुल्क लिएको भन्दै काठमाडौं मेडिकल कलेज (केएमसी)मा संयुक्त विद्यार्थी संगठनले तालाबन्दी गरेको छन् ।

संयुक्त विद्यार्थी संगठनले आइतबार विज्ञ्ति जारी गर्दै केएमसीमा एमबीबीएस, बीडीएस र बीएनएस अध्ययनरत विद्यार्थी भर्नामा अतिरिक्त शुल्क मागेको र अभिभावकलाई धम्की दिएको भन्‍दै तालालबन्दी गरेको जनाएको छ ।

संयुक्त विद्यार्थीका तर्फबाट नेविसंघका महामन्त्री बलदेव तिमिल्सिनाले उनले भने, ‘एमबीबीएस, बीडीएस र बीएनएस अध्ययनरत विद्यार्थीहरुलाई भर्नामा अभिरिक्त शुल्क मागेको र अभिभावकलाई केएमसी कलेज प्रशासनले धम्की दिएको छ। अनि छात्राबासलाई निवार्य बनाई नियमविपरीत चर्को मूल्‍य लिन खोज्‍नु विद्यार्थी र अभिभावकलाई लुट्‍ने प्रयास हो।’

उनले विद्यार्थीहरुको जाजय मागको सम्बोधन नभए आन्दोलनले नै सबै विषयको छिनोफानो हुनेसमेत चेतावनी दिए ।

यस्तै सबै मेडिकल कजेलहरुको पठनपाठन सहज नबनेसम्‍म काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजको भर्ना प्रक्रिया र पठनपाठन स्थगन गर्न संयुक्त विलार्थी संगठनले माग गरेको छ ।

हेर्नुस् संयुक्त विद्यार्थी संगठनको विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?