+
+

पत्रकार विश्वकर्माको निधनबारे सत्यतथ्य सार्वजनिक गर्न माग

रासस रासस
२०७८ माघ ९ गते १६:५४

९ माघ, काठमाडौं । प्रेस काउन्सिल नेपालले निजामती कर्मचारी (सिभिल) अस्पतालमा सहज उपचार नपाएर पत्रकार लालबहादुर (एलबी) विश्वकर्माको निधन भएको विषयमा छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ ।

रकम अभावका कारण सहज उपचार नपाएका विश्वकर्माको यही माघ ६ गते बिहान निधन भएको थियो । सो सम्बन्धमा काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत नेतृत्वको टोलीले शुक्रबार सिभिल अस्पतालको व्यवस्थापनलाई भेटेर घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको थियो ।

श्रमजीवी पत्रकार अस्पतालमा प्रवेश गरिसकेपछि उपचार नपाएर ज्यान गुमाउनु लज्जाको विषय भएको काउन्सिलद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?