+
+

बार्सिलोना पाँचौ स्थानमा उक्लियो

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १० गते ९:३७

१० माघ, काठमाडौं । फ्रेन्की डे जोङले खेल सकिने तीन मिनेट बाँकी छँदा गोल गरेपछि स्पानिस ला लिगामा बार्सिलोनाले अलाभेजलाई १-० पराजित गरेको छ । यस जितपछि बार्सिलोना पाँचौ स्थानमा उक्लेको छ ।

अलाभेजको मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन फ्रेन्की डे जोङले ८७औं मिनेटमा फेरान टोरेसको पासमा निर्णायक गोल गरे।

इन्जुरी टाइममा अलाभेजका मेन्डिलिबार रातो कार्ड पाउँदै मैदान बाहिरिएका थिए ।

जितपछि बार्सिलोना २२ खेलबाट ३५ अंक जोडेर पाँचौ स्थानमा उक्लेको हो । चौथो स्थानको एट्लेटिको भन्दा बार्सिलोना १ अंकले पछि छ । शीर्ष स्थानको रियल मड्रिड भन्दा बार्सिलोना अझै १५ अंकले पछि छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?