+
+

कैलालीमा श्रीमानले गरे श्रीमतीको हत्या

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १० गते १०:०५

१० माघ, धनगढी । कैलालीमा एक जना व्यक्तिले श्रीमतीको हत्या गरेका छन् ।

जिल्लाको गोदावरी नगरपालिका–९ का परशुराम रोक्कामगरले आइतबार साँझ कुटपिट गरी श्रीमती भावनाको हत्या गरेका हुन् । श्रीमतीको हत्या गरेर रोक्कामगर फरार भएको र उनको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रविन विष्टले घरायसी विवादमा रोक्कामगरले कुटपिट गर्दै श्रीमतीको हत्या गरेको पाइएको जानकारी दिए ।

घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) नवराज पोखरेल नेतृत्वको टोली खटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?