+
+

अनुज्ञापत्र नभएका उत्पादकको मह नकिन्न अनुरोध

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १० गते १५:०४

१० माघ, काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य अनुमति अनुज्ञापत्र उल्लेख नभएको मह खरिद नगर्न उपभोक्तालाई आग्रह गरेको छ । प्रहरीले केही दिनअघि गुणस्तरहीन महसहित केही विक्रेतालाई पक्राउ गरेपछि विभागले आइतबार यस्तो सूचना जारी गरेको हो ।

मह उत्पादकले विभागबाट गुणस्तर प्रमाणीकरणसहितको उत्पादन अनुमति लिनुपर्ने र त्यसैको आधारमा मात्रै महको गुणस्तर निश्चित हुने विभागले जनाएको छ । अनुज्ञापत्र नलिई बिक्रीमा राखिने मह कानुन विपरीत भएको भन्दै विभागले यस्तो कार्य नगर्न उत्पादकलाई पनि आग्रह गरेको छ ।

कम गुणस्तरको महबारे कुनै गुनासा भए केन्द्रीय विभाग र देशैभरको मातहतका निकायमा उजुरी गर्न पनि उपभोक्तालाई आग्रह गरेको छ । गत बिहीबार महानगरीय अपराध महाशाखाले काठमाडौंको ज्याठाबाट ठुलो परिमाणको अखाद्य महको कच्चा पदार्थसहित नरबहादुर श्रेष्ठलाई पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?