+
+

शाहीन अफ्रिदीले जिते ‘आईसीसी क्रिकेटर अफ दि इअर’ अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १० गते १७:१५

१० माघ, काठमाडौं। पाकिस्तानी फास्ट बलर शाहिन शाह अफ्रिदीले आईसीसी क्रिकेटर अफ दि इयर अवार्ड २०२१ जितेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) हरेक वर्ष प्रदान गर्दै आएको यस अवार्ड जित्ने शाहीन अफ्रिदी पहिलो पाकिस्तानी खेलाडी समेत बनेका छन् ।

वर्ष २०२१ मा उत्कृष्ट प्रदर्शन गरेका शाहिनलाई आईसीसीले उत्कृष्ट खेलाडीलाई प्रदान गर्ने सर गार्फिल्ड सोबर्स ट्रफी अवार्ड प्रदान गरेको हो ।

अफ्रिदीले २०२१ मा ३६ अन्तर्राष्ट्रिय खेल खेल्दै ७८ विकेट लिएका छन् ।

यस्तै महिलातर्फ वर्षको उत्कृष्ट खेलाडी भारतकी स्मृति मान्धाना बनिन् । उनले २०२१ मा २२ अन्तर्राष्ट्रिय खेल खेल्दै एक सहित ८ सय ५५ रन बनाएकी थिइन् ।

आईसीसी मेन्स टेष्ट क्रिकेटर अफ दि इअर २०२१ को अवार्ड इंग्लिस टेष्ट टिमका कप्तान जोए रुटले जितेका छन् । रुटले २०२१ मा १५ अन्तर्राष्ट्रिय खेल खेल्दै एक हजार ७ सय ८ रन बनाएका थिए । जसमा ६ शतक समावेश छ ।

यसैगरी आईसीसी ओडीआई क्रिकेटर अफ दि इयर २०२१ को अवार्ड पाकिस्तानकै कप्तान बाबर आजमले जिते । बाबरले २०२१ मा ६ अन्तर्राष्ट्रिय खेल खेल्दै २ शतक मद्दतमा ४ सय ५ रन बनाएका थिए ।

आईसीसी वुमन्स ओडिआई प्लेअर अफ दि इअरको अवार्ड दक्षिण अफ्रिकाका लिजेले लिले जितिन् । उनले ११ अन्तर्राष्ट्रिय खेलमा ६ सय ३२ रन बनाएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?