+
+

दन्त चिकित्सकको कर्तूत : कोरोनाको खोप छल्न शरीरमा जोडे नक्कली हात !

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १० गते २०:१८

१० माघ, काठमाडौं । धनी देशका मानिसहरु आफ्नै सुरक्षाका लागि लगाउनैपर्ने कोरोना भाइरसविरुद्धको खोप समेत छल्नका लागि कस्ता कस्ता बहाना गर्दछन् भन्ने उदाहरण इटालीका एकजना दन्त चिकित्सकले प्रस्तुत गरेका छन् ।

ती डेन्टिस्टले कोरोना खोप नलगाइकन खोप कार्ड (सुपर पास) प्राप्त गर्नका लागि नक्कली हात नै तयार गरी झण्डै सिलिकनबाट बनेको त्यहीँ नक्कली हातमा खोप लगाए ।

खोप लगाइदिने नर्सको चलाखीका कारण ती दन्त चिकित्सकको कर्तूत पर्दाफास भयो र उनीमाथि आपराधिक कार्यको अभियोगमा सजाय हुने सम्भावना रहेको छ ।

इटालीको उत्तरी सहर बिल्लामा यो घटना भएको हो । स्थानीय नर्स फिलिप्पा बुआका अनुसार ती व्यक्ति खोप लगाउनका लागि आए र सुई घोँच्न आफ्नो पाखुरा अगाडि सारे ।

सुई लगाउनका लागि पाखुराको कपडा माथि सार्दा ती नर्सलाई शंका लाग्यो । किनकी उनको पाखुराको छाला असामान्य, चिसो र गमजस्तो थियो भने रङ पनि निकै फिक्का ।

शुरूमा त उनले ५७ वर्षका ती वृद्धको सायद एउटा हात काटेर नक्कली हात जोडिएको र उनले अर्को सद्दे पाखुरामा खोप लगाउनुपर्नेमा भुलबस नक्कली पाखुरा दिएको हुन सक्ने अनुमान गरिन् । तर जब नर्सले ती व्यक्तिको शर्ट खोलिदिइन् तब ती व्यक्तिले आफ्नो शरीरमा एउटा सिलिकनको नक्कली पाखुरा जोडेको देखिन् ।

वास्तवमा सिलिकनको प्रोस्थेटिक हात प्रयोग गरेर कोरोना खोप छल्ने उनको योजना रहेछ । नर्सले हतारमा र ख्यालै नगरी सिलिकनकै पाखुरामा सुई लगाइदिने आशा उनको रहेछ ।

नर्स फिलिप्पासँग ती दन्त चिकित्सकले आफूलाई कोरोना खोप लगाउने इच्छा नभएको तर खोपकार्ड (सुपर हेल्थ पास) चाहिने भएको हुँदा त्यस्तो काम गरेको स्वीकार गरेका छन् ।

सोमबारदेखि इटालीमा रेष्टुरेन्ट, सिनेमा, रंगमञ्च लगायतका सार्वजनिक स्थानमा छिर्नका लागि खोप लगाएको सुपर हेल्थ पास अनिवार्य हुनुपर्दछ ।

स्मरण रहोस् खोप लगाउन अस्विकार गरेका कारण ती दन्त चिकित्सक यसअघि नै आफ्नो कामबाट बर्खास्त भइसकेका छन् ।

उनीमाथि ठगीमा थप कानूनी कारवाही गर्नका लागि ती नर्स र खोप केन्द्रका अन्य कर्मचारीहरुले मुचुल्का कागजात तयार गरी अभियोजकहरु समक्ष पेश गरिसकेका छन् । तर आफ्नो कर्तूत पर्दाफास भैसकेपछि ती दन्त चिकित्सक चाहीँ खोप केन्द्रबाट फरार भैसकेका थिए । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?