+
+

क्यामरुन क्वाटरफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ११ गते १०:३१

११ माघ, काठमाडौं । घरेलु टोली क्यामरुन अफ्रिका कप अफ नेसन्सको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सोमबार राति भएको प्रिक्वाटरफाइनलमा १० खेलाडीमा सम्टिएको कोमोरोसलाई २-१ ले हराउँदै क्यामरुन अन्तिम आठमा स्थान बनाएको हो ।

कोमोरसले बहादुरीपूर्ण प्रदर्शन गरे पनि क्वाटरफाइनल पुग्न भने सकेन । एक गोलकिपर घाइते भएको र दुई गोलकिपर कोरोना संङ्क्रमणका कारण भएपछि कोमोरोसले आउटफिल्ड प्लेअरलाई गोलकिपरको रुपमा खेलाएको थियो ।

समर्थकबीच झडप हुँदा ६ जनाको मृत्यु भएको घटनाले क्यामरुनको जितलाई नै छायामा पार्‍यो ।

खेलको सातौं मिनेटमा नाजिम एमदोउले रातो कार्ड पाएपछि कोमोरोस १० खेलाडीमा समेटिएको थियो ।

त्यसपछि क्यामरुनले लगातार दुई गोल गर्‍यो । खेलको २९औं मिनेटमा कार्ल टोको एकाम्बीले गोल गर्दै क्यामरुनलाई अग्रता दिलाए । ७०औं मिनेटमा कप्तान भिसेन्ट अबुबाकरले गोल गर्दै क्यामरुनको अग्रता दोब्बर पारे । उनैले पहिलो गोलका लागि पनि सहयोग गरेका थिए । यस गोलपछि प्रतियोगितामा अबुबाकरको गोलसंख्या ६ पुगेको छ ।

एक खेलाडी कम हुनका बावजुत पनि ८१औं मिनेटमा कोमोरोसका युसुफ एम’चाङ्गामाले एक गोल फर्काए ।

अब क्यामरुनले क्वाटरफाइनलमा गाम्बियासँग प्रतिस्पर्धा गर्नेछ । गाम्बियाले गिनीलाई हराएर क्वाटरफाइनलमा स्थान बनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?