+
+

वाटफोर्डका प्रशिक्षक क्लाउडियो रानिएरी बर्खास्त

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ११ गते ११:०६

११ माघ, काठमाडौं । प्रिमियर लिग क्लब वाटफोर्डले मुख्य प्रशिक्षक क्लाउडियो रानिएरीलाई सोमबार बर्खास्त गरेको छ ।

लिगमा खराब प्रदर्शनपछि वाटफोर्डले प्रशिक्षक नियुक्त भएको चार महिनापछि नै रानिएरीलाई बर्खास्त गरेको हो ।

रानिएरीको नेतृत्वमा वाट्फोर्डले १४ खेलमा मात्र २ जित निकालेको छ ।

शुक्रबार भएको पछिल्लो लिग खेलमा वाटफोर्ड नर्विचसँग ३-० ले पराजित भएको थियो ।

लिगमा १८ खेल बाँकी रहँदा वाटफोर्ड यस सिजन १४ अंक जोडेर रेलिगेसन क्षेत्रमा अर्थात अन्तिम ३ स्थानमा छ ।

वाटफोर्डले क्लबलाई समस्याबाट माथि उठाउन परिवर्तन आवश्यक रहेको भन्दै रानिएरीलाई बर्खास्त गरेको जनाएको छ ।

वाटफोर्डले गत अक्टोबरमाक सिस्को मुनोजलाई बर्खास्त गर्दै रानिएरीलाई प्रशिक्षकको जिम्मेवारी दिएको थियो ।

६९ वर्षीय इटालियन प्रशिक्षक रानिएरीले सन् २०१५/१६ को सिजन लेस्टर सिटीलाई प्रिमियर लिगको उपाधि दिलाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?