+
+

डोटीमा ५१ प्रतिशतले लगाए कोरोनाविरुद्धको पूर्ण मात्रा खोप

जिल्ला स्वास्थ्य कार्यालय डोटीले दिएको जानकारी अनुसार पहिलो डोज लगाउनेको संख्या ९३ हजार ८९ छ । ७२ हजार २५० जनाले दुवै डोज खोप लगाएका छन् ।

रामहरि ओझा रामहरि ओझा
२०७८ माघ ११ गते १३:५४

११ माघ, डोटी । डोटीमा १८ वर्षभन्दा माथिका ५१ प्रतिशतले कोरोनाविरुद्धको पूर्ण मात्रा खोप पाएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय डोटीले दिएको जानकारी अनुसार पहिलो डोज लगाउनेको संख्या ९३ हजार ८९ छ । ७२ हजार २५० जनाले दुवै डोज खोप लगाएका छन् । ४६ हजार ७५९ जनाले भेरोसेल र १५ हजार २२४ जनाले कोभिसिल्ड खोपको दुवै डोज लगाएका छन् । यस्तै १० हजार २६७ जनाले जोन्सन एण्ड जोन्सन खोप लगाएका स्वास्थ्य कार्यालय डोटीका तथ्याङ्कअधिकृत महेशप्रसाद बोहराले जानकारी दिए ।

तथ्याङ्क अधिकृत बोहराका अनुसार लक्षित जनसंख्याको ६६ प्रतिशतले पहिलो डोज लगाएका छन् । भेरोसेल एउटा डोज लगाउनेको संख्या ६४ हजार ३५० रहेको छ भने कोभिसिल्ड एउटा मात्रै डोज लगाउनेको संख्या १८ हजार ४७२ रहेको छ । जिल्लामा १८ वर्षभन्दा माथिको जनसंख्या एक लाख ४० हजार ८२८ लक्षित गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । लक्षित जनसंख्याको करिब ६६ प्रतिशतले खोपको पहिलो डोज लगाएको स्वास्थ्य कार्यालयले दिएको तथ्याङ्कमा उल्लेख छ ।

कोरोनाविरुद्धको खोपको दुवै डोज लगाउनेमा दिपायल सिलगढी नगरपालिकाभित्र सबैभन्दा बढी छन् । यस नगरपालिकामा १५ हजार ६४७ जना अर्थात् लक्षित जनसंख्याको ६३ प्रतिशतले दुवै डोज लगाएका छन् । यस नगरपालिकामा २० हजार ८५२ जनाले पहिलो डोज लगाएका थिए । यस्तै शिखर नगरपालिकामा १२ हजार ४६४ जनाले कोरोनाविरुद्धको दुवै डोज लाएका छन् । यो संख्या नगरपालिकामा लक्षित गरिएको जनसंख्याको ५८ प्रतिशत हो । यस नगरपालिकामा १४ हजार ६७१ ले पहिलो डोज लगाएका थिए ।

पूर्वीचौकी गाउँपालिकामा लक्षित जनसंख्याको करिब ३६ प्रतिशतले मात्र खोपको दोस्राो डोज लाएका छन् । यस गाउँपालिकामा पहिलो डोज नौ हजार ७०५ जनाले लाएका छन् भने दोस्रो डोज पाँच हजार ३४२ ले लगाएका छन् । सायल गाउँपालिकामा दोस्रो डोज लगाउनेको संख्या चार हजार ३७३ रहेको छ । यो संख्यागाउँपालिकाको लक्षित जनसंख्याको ३४ प्रतिशत हो । यस गाउँपालिकामा सातहजार २९८ जनाले पहिलो डोज लगाए ।

आदर्श गाउँपालिकामा लक्षित जनसंख्याको ३८.५७ ले कोरोना बिरुद्धको दोस्रोडोज लगाएका छन् । यस गाउँपालिकामापहिलो डोजलगाउनेको संख्या १० हजार तीन सय ४८ रहेकोमा ६ हजार एक सय ५८ ले दोस्रोडोजको खोप लगाएका छन् । पूर्वीचौकी, आदर्श र सायलगाउँपालिकामाखोपको दोस्रोडोज लगाउने दोस्रोअभियान सञ्चालनगर्न बाँकी रहेको स्वास्थ्यकार्यालय डोटीको तथ्याङ्कअधिकृत बोहरा वताउँछन् ।

केआई सिंह गाउँपालिकामा आठ हजार ३९४ जनाले पहिलो डोज लगाएका छन‍् । दोस्रो डोज भने सातहजार ३५५ ले मात्रै लगाएका छन् । बोगटान फुड्सिल गाउँपालिकामा पूर्णखोप लाउनेको संख्या पाँच हजार ६१२ छ भने पाँच हजार ६१२ जनाले पहिलो डोजमात्र लगाएका छन् ।

बडीकेदार गाउँपालिकामा लक्षित जनसंख्याको ५४ प्रतिशतले खोपको दोस्रो डोज लगाएका छन् । जोरायल गाउँपालिकामा पहिलो डोजभन्दा दोस्रो डोज लगाउनेको संख्या बढी देखिएको छ । यस गाउँपालिकामा आठ हजार १९ ले पहिलो डोज लगाउँदा नौ हजार ३५१ ले दुवै डोज खोप लगाएका छन् ।

यस्तै जिल्लामा १२ वर्षदेखि १७ उमेर समूहका २७ हजार ४६३ बालबालिकाहरूलाई मोडर्ना खोपको पहिलो डोज लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?