+
+

थ्रीस्टारलाई हराउँदै त्रिभुवन आर्मी आहा ! रारा गोल्डकपको सेमिफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ११ गते १६:५०

११ माघ, पोखरा । पोखरामा जारी २० औं आहा रारा गोल्डकपको सेमिफाइनल समीकरण पूरा भएको छ ।

मंगलबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा थ्रीस्टार क्लबलाई १–० ले हराउँदै विभागीय टिम नेपाल आर्मी सेमिफाइनलमा प्रवेश गरेसँगै अन्तिम ४ मा पुग्ने टोलीको टुंगो लागेको हो ।

राजीव गुरुङले ७० औं मिनेटमा पहिलो गोल नै आर्मीलाई सेमिफाइनल पुर्‍याउन पर्याप्त भयो । फरवार्ड जर्ज प्रिन्स कार्कीको लामो पासलाई भेटाउँदै राजीव गुरुङले गोल गरेका हुन् ।

थ्रीस्टार क्लबका सबै खेलाडी विपक्षी क्षेत्रमा गएको मौकाको सदुपयोग गर्दै डिबक्स भन्दा बाहिरबाट लामो प्रहारमा गुरुङले गोल गरे । गुरुङको गोल नै खेलको निर्णायक बन्न पुग्यो । उनी प्रतियोगिताको प्लेयर अफ दी म्याच बन्न पुगे ।

योसँगै आहारारा गोल्डकपको थ्रीस्टार ५ पटकको च्याम्पियन थ्रीस्टार क्लब प्रतियोगिताबाटै बाहिरिएको छ । थ्रीस्टारले २०६३, २०६७, २०६९, २०७१, २०७५ मा उपाधि चुमेको थियो । आर्मीले भने हालसम्म उपाधि जितेको छैन ।

यसअघि नेपाल आर्मी र थ्रीस्टार क्लब १७ औं आहारारा गोल्डकपको फाइनलमा भिडेका थिए । उक्त खेलमा निर्धारित समयमा समान २-२ गोलको बराबरीमा टुंगिएपछि सडेन डेथमा थ्रीस्टारले आर्मीलाई ५–४ ले उपाधि हात पारेको थियो ।

आहा राराको सेमिफाइनलमा मछिन्द्र, एपीएफ र मनाङ मर्यास्याङ्दी क्लब पुगिसकेका छन् । संकटालाई हराउँदै मच्छिन्द्र, बीवाइएससीलाई हराउँदै एपीएफ र नेपाल पुलिस क्बललाई हराउँदै मनाङ मर्स्याङ्दी क्लब सेमिफाइनलमा पुगेका हुन् ।

सहारा क्लबले आयोजना गर्दै आएको आहा रारा गोल्डकपको सेमिफाइनल खेल बुधबारदेखि हुनेछ । पहिलो सेमिफाइनल बुधबार एपिएफ र मच्छिन्द्रसँग भिड्ने छन् । अन्तिम सेमिफाइनल खेल त्रिभुवन आर्मी क्बल बिहीबार मनाङमस्याङ्दी क्बलबीच हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?