+
+

युक्रेन पढ्न जान विद्यार्थीले एनओसी नपाउने

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ११ गते १७:०९

११ माघ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले युक्रेन पढ्न जाने विद्यार्थीहरुलाई दिइने अध्ययन अनुमति पत्र हाललाई स्थगित गरेको छ ।

वैदेशिक अध्ययन अनुमति शाखा केशरमहलले सूचना जारी गर्दै हाललाई युक्रेनमा अवस्थित विश्वविद्यालयहरुमा अध्ययन गर्न दिइने अनुमति पत्र (एनओसी) स्थगन गरिएको जनाएको छ ।

अर्को सूचना नभएसम्मको लागि अध्ययनका लागि युक्रेन जान चाहने विद्यार्थीलाई नो अब्जेक्सन लेटर दिने काम स्थगन गरिएको शाखाका उपसचि हरिप्रसाद निरौलाले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?