+
+

नेपालकी रशिला उक्लिइन‍् विश्व ब्याडमिन्टनको जुनियरतर्फ सातौं स्थानमा

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ११ गते १८:४१

११ माघ, काठमाडौं । राष्ट्रिय च्याम्पियन रशिला महर्जन विश्व ब्याडमिन्टन महासंघले हालै प्रकाशित गरेको विश्व बरियतामा जुनियर महिला युगलतर्फ सातौं स्थानमा पुग्न सफल भएकी छिन् ।

जुनियर महिला एकलतर्फ १९औं स्थानमा रहेकी रशिलाले आफ्नो बरियता सुधार गरेकी हुन् । विश्व महिला जुनियरतर्फ उच्च स्थानमा पुगेकी उनी पहिलो नेपाली महिला खेलाडी हुन् ।

नेपाल ब्याडमिन्टन संघले प्रेश विज्ञप्ति जारी गर्दै महर्जनलाई विश्व ब्याडमिन्टनको महिला जुनियरतर्फ उच्च स्थानमा पुग्दै नेपाल राष्ट्र, खेलकुद क्षेत्र र नेपाली ब्याडमिन्टनको सान, मानलाई उच्च राख्न सफल भएकोमा बधाई ज्ञापन गर्दै आगामी दिनमा अझ मेहनतका साथ अगाडि बढ्ने सफलताको शुभकामना व्यक्त गरेको छ । साथै संघले नेपाली ब्याडमिन्टन खेलाडीहरूले एकपछि अर्को उचाईलाई छुन सफल भएकोमा खुशी ब्यक्त गरेको छ ।

विश्व ब्याडमिन्टन महासंघले यसअघि प्रकाशित गरेको बरियतामा नेपालका अर्का उदियमान खेलाडी प्रिन्स दाहाल पुरुष जुनियर एकलतर्फ पहिलो नम्बरमा पुग्न सफल भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?