+
+

‘योङ सेफ ओलिम्पियाड’मा नेपालले पनि भाग लिने

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ११ गते २०:०२

११ माघ, काठमाडौं । माघ १६ गतेदेखि २२ गतेसम्म इन्टरनेसनल हस्पिटालिटी काउन्सिल लन्डनको सक्रियतामा पी इन्टरनेसनल इनस्टिट्युट अफ होटल म्यानेजमेन्ट (आईआईएचएम) इन्डियाद्वारा आयोजित ‘योङ सेफ ओलिम्पियाड भर्चुअल रुपमा सञ्चालन हुने भएको छ । सन् २०१५ बाट सुरु गरिएको कार्यक्रममा ‘सेन्टर फर लिडरसीप एण्ड इन्टरप्रेनरसिप इन कोलाबोरेसन विथ एकेडेमी अफ क्युलिनरी आर्टस् एण्ड हस्पिटालिटी म्यानेजमेन्ट’ ले शुरूदेखि नै नेपालको प्रतिनिधित्व गर्दै आएको छ।

सो कार्यक्रममा संसारभरिका ४० देखि ६० वटा राष्ट्र सहभागी हुन्छन्। सन् २०२० मा नेपालको क्युलिनरी आर्टस् एन्ड हस्पिटालिटी म्यानेजमेन्टका छात्रा शबी राजबाहकले बेस्ट हाइजेनिक अवार्ड र राइजिङ स्टार अवार्ड हात पार्न सफल भएकी थिइन् भने सन् २०२१ मा यस कलेजका छात्र अभया लिम्बुले ६० रास्ट्रहरु मध्ये १० औं स्थान हासिल गर्दै बेस्ट किचन कट्स अवार्ड हासिल गरका थिए ।

यस पटक नेपालको प्रतिनिधित्व गर्दै यस कलेजका छात्र अजय पुनले प्रतिस्पर्धा गर्दैछन् भने मेन्टरको भूमिकामा सेफ सूर्य महत प्रस्तुत हुँदैछन्। यसपटकको प्रतिस्पर्धामा नेपाल सहित जम्मा ३७ वटा राष्ट्रले भाग लिँदै छ। उक्त राष्ट्रहरुलाइ ८ वटा समूहमा विभजित गरिएको छ। उक्त बिभाजन अनुसार नेपाल छैटौँ समूहमा पर्छ।

कार्यक्रमको उदघाटन ३० जनवरी मा हुनेछ भने नेपालले १ फेब्रुअरीमा प्रतिस्पर्धा गर्नेछ। उमेरको हदबन्दी भएको उक्त कार्यक्रममा प्रतिस्पर्धीको उमेर २४ बर्ष ननाघेको हुनुपर्ने र प्रतिस्पर्धी कलेजको बिद्यार्थी नै हुनुपर्ने प्रावधान छ।

एकेडेमी अफ क्युलिनरी आर्टस् एण्ड हस्पिटालिटी म्यानेजमेन्ट सन् २०१० मा डिप्लोमा इन क्युलिनरी आर्टस् नामक कोर्सका साथ सञ्चालनमा आएको हो। उक्त कोर्सबाट अहिलेसम्म ९ सयभन्दा बढी नेपाली युवालाई रोजगारको बाटो देखाउन र आफ्नो करियर अगाडि बढाउन सहयोग पुग्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?