+
+

बागमतीमा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ११ गते २०:१३

११ माघ, हेटौंडा । हेटौंडामा बुधबार हुने राष्ट्रिय सभा सदस्य पदको निर्वाचनको तयारी पूरा भएको छ । हेटौंडा औंद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय परिसरमा हुने चुनावी तयारी पूरा भएको प्रदेश निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

राष्ट्रिय सभामा रिक्त भएका मध्य बागमती प्रदेशबाट २ सदस्यका लागि हुने चुनाव हुने छ । बागमती प्रदेशका स्थानिय तहबाट निर्वाचित ११९ तहका २ सय ३७ जना प्रमुख उपप्रमुख र प्रदेश सभाका १०९ जना सदस्यहरुले फरक फरक केन्द्रबाट मतदान गर्ने प्रमुख निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठले बताए ।

उनका अनुसार बुधबार ९ बजेदेखि मदतान प्रकृया अघि बढाउने तयारी रहेको छ । गोप्य मतदानका लागि बुथ निर्माणको काम चलिरहेको र गोप्य मतदानलाई बिषेश ध्यान दिदै मत संकेत गर्ने ठाउँलाई सुरक्षित बनाइएको बताए । ‘अहिलेको परिस्थितिमा कोभिड संक्रमण बाट सुरक्षित रहदै मतदान प्रकृया अघि बढाउछौं’ निर्वाचन अधिकृत श्रेष्ठले बताए ।

बिहान ९ बजे शुरु हुने मतदान ३ बजेसम्म सक्ने र करिब ७ बजेसम्म नतिजा प्रकाशन गर्ने निर्वाचन अधिकृतको कार्यालयको तयारी छ । कार्यालयले दुई मतदान केन्द्रका लागि दुई मतदान अधिकृतसहित १६ जना कर्मचारी खटाएको छ ।

मतदाताहरुले कोरोनाविरुद्धको दुई मात्रा खोप लगाएको कार्ड ल्याउनुपर्ने, यदि कोही कोरोना संक्रमित भए वा लक्षण देखिए मतदानको लागि छुट्टै व्यवस्था गर्ने, मतदान स्थलमा स्वास्थ्यकर्मी सहितको हेप्प डेक्स राख्ने तयारी भइसकेको छ ।

दुई पदका लागि ६ जनाको उम्मेदवारी

बागमतीबाट एक महिला र एक अन्य सदस्यको लागि निर्वाचन हुने भएपनि ६ जनाको उम्मेदवारी परेको छ ।

सत्तारुढ गठबन्धनबाट अन्य सदस्यमा नेपाली कांग्रेसका कृष्णप्रसाद पौडेल, महिलामा एकीकृत समाजवादीबाट गोमाकुमारी तिमल्सिनाले उम्मेदवारी परेको छ । सत्ता गठबन्धनमा कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र जनमोर्चा छन् । निर्वाचनमा प्रमुख प्रतिपक्षी नेकपा नेकपा एमालेबाट अन्यमा गोपाल शाक्य र महिलातर्फ निरकुमारी कुँवरले उम्मेदवारी दिएका छन् ।

नेमकिपाबाट अन्यतर्फ कृष्णबहादुर तामाङ र महिलातर्फ गीता काफ्लेले उम्मेदवारी दिएका छन् ।

यस्तो छ मतभारको तथ्याङ्क

बागमती प्रदेशमा एमालेको तर्फबाट प्रदेशसभा सदस्य ४३ र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १ सय १६ जना गरी ४ हजार १ सयय ५२ मतभार देखिएको छ । प्रदेशसभा सदस्यको ४८ र स्थानीय तहका प्रमुख र उपप्रमुखको १८ मतभार हुन्छ ।

नेपाली कांग्रेसको तर्फबाट प्रदेश सभा सदस्य २२ र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी ६७, नेकपा माओवादी केन्द्रबाट प्रदेश सभा सदस्य २३ र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी ३३ र नेकपा एकीकृत समाजवादीबाट प्रदेश सभा सदस्य १३ र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १७ छन् ।

यो सबैको मतभार जोड्दा सत्तारुढ गठबन्धनको चार हजार ८ सय ९० मतभार रहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी, विवेकशील साझा पार्टी, नेपाल मजदुर किसान पार्टी र स्वतन्त्र गरी ४ सय ५६ मतभार रहेको निर्वाचन कार्याललले जनाएको छ ।

गठबन्धनमा बेइमानी हुदैन : मुख्यमन्त्री

राष्ट्रिय सभा निर्वाचनको तयारी अवस्था बुझ्नका लागि मतदान स्थल पुगेका बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले गठबन्धनमा बेइमानी नहुने बताएका छन् । प्रदेशका ११९ तहका प्रमुख उपप्रमुखसहित बागमती प्रदेश सभाका सदस्यले मतदान गर्ने ठाउँको व्यवस्थापन हेर्दै मुख्यमन्त्री पाण्डेले गठबन्धनमा रहेको तीनवटै दलको छलफलबाट आफ्नो उम्मेदवारलाई मतदान गर्ने कुरा भइसकेको छ ।

‘हामीले आफ्ना उम्मेदवारका लागि मतदातासँग मत लिने तयारी गरेका छौं, गठबन्धन आफ्ना उम्मेदवारलाई बिजयी गराउने प्रक्रियामा लागिसकेको छ । गोप्य मतदान हो, तै पनि मतभारको कुनै चिन्ता लिनुपर्ने अवस्था छैन’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?