+
+

सेनेगल र मोरोक्को अफ्रिकन कपको क्वाटरफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १२ गते १२:४८

१२ माघ, काठमाडौं । सेनेगल र मोरोक्को क्यामरुनमा भइरहेको अफ्रिकन कप अफ नेसन्सको क्वाटरफाइनलम प्रवेश गरेको छ ।

गएराति भएको प्रिक्वाटरफाइनल खेलमा सेनेगलले ९ खेलाडीमा समेटिएको केप भर्डेलाई २-१ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो ।

केप भर्डेका दुई खेलाडीले पहिलो हाफमा रातो कार्ड पाएपछि सेनेगलले दोस्रो हाफमा दुई गोल गरेको थियो । सेनेगलका लागि साडियो मानेले ६३औं र वैक्लपिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका अहमादोउ बाम्बा डिएङले इन्जुरी टाइममा गोल गरे ।

केप भर्डेका मिडफिल्डर प्याट्रिक आन्द्रेडले २१औं र गोलकिपर भोजिन्हाले ५७औं मिनेटमा रातो कार्ड पाएका थिए । सेनेगलले अब माली र इक्वेटोरियल गिनीबीचको खेलको विजेतासँग खेल्नेछ ।

यस्तै मोरोक्कोले अर्को खेलमा मालावीलाई २-१ ले हराएर क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । मोरोक्कोले एक गोलले पछि परेको अवस्थामा पुनरागमान गर्दै जित हात पारेको हो ।

मोरोक्कोका लागि पहिलो हाफको इन्जुरी टाइममा युसुफ एन नेस्रीले बराबरी गोल गरे । त्यसपछि ७०औं मिनेटमा अच्रफ हाकिमीले विजयी गोल गरेका थिए ।

मोरोक्कोले अब क्वाटरफाइनलमा आईभरीकोष्ट र इजिप्टबीच हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

 

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?