+
+

३२ वटा जिल्लामा वार्षिक जनसंख्या वृद्धिदर ऋणात्मक

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १२ गते १३:१३

१२ माघ, काठमाडौं । ३२ वटा जिल्लामा वार्षिक जनसंख्या वृद्धिदर ऋणात्मक देखिएको छ । राष्ट्रिय जनगणना २०७८को प्रारम्भिक नतिजाअनुसार देशका ७७ जिल्लाहरूमध्ये अधिकांश हिमाली र पहाडी जिल्लाहरूको वार्षिक जनसंख्या वृद्धिदर ऋणात्मक देखिएको हो ।

तराईका सबै जिल्लाहरुको जनसंख्या वृद्धिदर धनात्मक छ । हिमाली र पहाडी क्षेत्रका ३२ वटा जिल्लामा वार्षिक जनसंख्या वृद्धिदर ऋणात्मक देखिएको छ, गत २०६८ को जनगणना मा यस्तो जिल्लाको संख्या २७ मात्रै थियो ।

सबैभन्दा ऋणात्मक वृद्धिदर रामेछाम जिल्लामा -१.६५ प्रतिशत छ । सवैभन्दा कम जनसंख्या वृद्धि हुनेमा रामेछापसहित खोटाङ, मनाङ, भोजपुर र तेह्रथुम छन् ।

सबैभन्दा धेरै वार्षिक वृद्धिदर भक्तपुर जिल्लामा ३.३२ प्रशित छ । रुपन्देही, चितवन, बाँके र सुनसरी जिल्ला पनि बढी वृद्धिदर भएका जिल्ला हुन् ।

हिमाली जिल्लाहरूमध्ये मुगु जिल्लामा सबैभन्दा बढी (१.८० प्रतिशत) वाषिर्क जनसंख्या वृद्धिदर देखिएको छ ।

सबैभन्दा धेरै जनसंख्या काठमाडौं जिल्लामा २०,१७,५३२ जना र सबैभन्दा कम जनसंख्या मनाङ जिल्लामा ५,६४५ जना छ । मोरङ, रूपन्देही, झापा र सुनसरी जिल्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं धेरै जनसंख्या भएका जिल्लाहरू हुन् ।

कम जनसंख्या भएका जिल्लातर्फ मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा पर्छन् । जिल्लाअनुसार सबैभन्दा बढी लैंगिक अनुपात मनाङ जिल्लाको १३० र सबैभन्दा कम लैंगिक अनुपात प्यूठान जिल्लाको ८२ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?