+
+

कर्णालीमा राष्ट्रियसभा निर्वाचनको मतदान जारी, ९४ प्रतिशत मतदान सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १२ गते १४:२५

१२ माघ, सुर्खेत। राष्ट्रिय सभा सदस्य चयन गर्न कर्णाली प्रदेशमा मतदान जारी छ । प्रदेश राजधानी वीरेन्द्रनगरस्थित निर्वाचन कार्यालय परिसरमा बिहान ९ बजेदेखि मतदान सुरु भएको हो । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले भोट हालेर मतदान शुरू गरेका हुन् ।

मतदानका स्थलमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख-उपप्रमुखका लागि छुट्टाछुट्टै लाइनमा तोकिएको छ । कोभिड संक्रमणको झोखिमलाई ध्यानमा राख्दै मतदान लाइन व्यवस्थापन गरिएको सहायक निर्वाचन अधिकृत दुर्गाप्रसाद चालिसेले जानकारी दिए ।

प्रदेशमा हालसम्म ९४.७६ प्रतिशत मतदान भएको प्रदेश निर्वाचन कार्यलयका सूचना अधिकारी निर्मला रेग्मीले जानकारी दिइन् । उनका अनुसार हालसम्म स्थानिय तह अन्तर्गत ९४.३४ प्रतिशत मत खसेको छ भने प्रदेश सभा तर्फ ९७.१४ प्रतिशत मतदान भएको छ ।

प्रदेश सभाका एक जना संसद बाँकी रहेका छन् भने स्थानिय तहका ९ जना प्रमुख-उपप्रमुख मतदान गर्न बाँकी रहेका छन् । दिउँसो तीन बजेसम्मका मतदान समय तोकिएको छ ।

कर्णाली प्रदेशमा राष्ट्रिय सभा सदस्यको तीन सिटका लागि निर्वाचन हुँदैछ । सत्ता गठबन्धन र नेकपा एमालेका उमेदवारबीच प्रतिस्पर्धा छ ।

गठबन्धनको तर्फबाट कांग्रेसकी दुर्गाकुमारी गुरुङ (जुम्ला), नेकपा माओवादी केन्द्रका नरबहादुर बिष्ट (सुर्खेत) र नेकपा एकिकृत समाजबादीका उदय बोहोरा (सल्यान) उम्मेदवार रहेका छन् । गुरुङ महिलाबाट, बिष्ट अपांगताबाट र बोहोरा अन्यबाट उम्मेदवारी दिएका हुन् ।

त्यस्तै एमालेबाट सुर्खेतका चुडामणी शर्मा (खुला), जुम्लाकी गंगा महत (महिला) र दैलेखका पदमबहादुर माझी ( अल्पसंख्यक) उम्मेदवार रहेका छन् ।

कर्णाली प्रदेशमा प्रदेश सदस्य र स्थानिय तहका प्रमुख-उपप्रमुख, अध्यक्ष-उपाध्यक्षसहित १९१ जना मतदाना रहेका छन् । स्थानिय तहका १५६ जना र प्रदेश सभा सदस्य ३५ जना छन् । प्रदेशमा जम्म मतभार ४४ सय ८८ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?