+
+

प्रदेश-१ को राष्ट्रियसभा सदस्य निर्वाचनमा तीन जनप्रतिनिधि उपस्थित भएनन्

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १२ गते १५:२६
राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत  प्रदेश-१ मा मतदान गर्दैं जनप्रतिनिधि।

१२ माघ, विराटनगर । राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत  प्रदेश-१ को मतदानमा तीन जना अनुपस्थित भएका छन्। प्रदेशमा ९२ जना प्रदेश सांसद र २७२ स्थानीय पालिका प्रमुख उपप्रमुख छन् । ती मध्ये ३ जना अनुपस्थित भएका हुन् ।

प्रदेश निर्वाचन कार्यालय प्रमुख लेवन कास्यप अधिकारीका अनुसार २७० पालिका प्रमुख उपप्रमुख र ९१ सांसदले मतदान गरेका छन् । उनले छफलफलपछि मत गणना सुरु गरिने बताए ।

विराटनगरकि उपमेयर इन्दिरा कार्की, झापाको गौरीगन्ज गाउपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ र प्रदेश सांसद गुलेफुन खातुन मतदानमा अनुपस्थित भएका हुन् ।

उपमेयर कार्की विरामी छन् । खातुन फौजदारी मुद्दाका फरार प्रतिवादी हुन् । श्रेष्ठ भने छोरीको विवाहका लागि काठमाडौंमा छन् । निर्वाचन कार्यालयले खुलातर्फ, महिलातर्फ र अल्पसङ्ख्यक वा अपाङ्ग कोटाका लागि छुट्टाछुट्टै मतपत्र बनाएको छ ।

तीन पदका लागि आठ जना चुनावी मैदानमा छन् । सत्तारूढ गठबन्धनबाट खुलातर्फ नेपाली काङ्ग्रेसका झापाका गोपाल बस्नेत, महिलातर्फ नेकपा एकीकृत समाजवादीबाट भोजपुरकी जयन्ती राई र अल्पसङ्ख्यक वा अपाङ्ग कोटामा जनता समाजवादी पार्टीका भोजपुरका हेमराज राई छन् ।

नेकपा एमालेको तर्फबाट खुल्लातर्फ मोरङका गुरू बराल, महिलातर्फ झापाकी सुमित्रा भण्डारी र अल्पसङ्ख्यक कोटामा सोलुखुम्बुका सोनाम ग्याल्जेन शेर्पा रहेका छन् । राप्रपाको तर्फबाट झापाका अमरबहादुर विष्टले खुला र रञ्जु प्याकुरेलले महिलातर्फ उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?