+
+

केन्द्रीय निर्देशन विपरीत राप्रपाका दुई सांसद‍ले गरे मतदान

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १२ गते १५:२६
राष्ट्रिय सभा निर्वाचनमा सहभागी एक मतदाता

१२ माघ, हेटौंडा । प्रदेश-१ बाहेक अरू प्रदेशमा आफ्ना उम्मेदवार नभएकोले आफ्नो पार्टीले मतदान नगर्ने निर्णय गरेको राप्रपाले राष्ट्रियसभाको निर्वाचनअन्तर्गत बागमती प्रदेशमा मतदान गरेका छन् ।
बागमती प्रदेशसभा सदस्यहरू रिना गुरुङ र रिता माझीले हेटौंडा-८ औद्योगिक व्यवस्थापन लिमिटेडको सभागृहमा रहेको मतदानस्थल पुगेर मतदान गरेका हुन् ।

मतदान गरेर फर्किने क्रममा प्रदेश सांसद रिता माझीले पार्टीले हिजो साँझ मतदान गर्न निर्देशन दिएकोले राष्ट्रियसभामा मतदान गरेको प्रतिकृया दिएकी छन् भने अर्की सांसद रिना गुरुङले प्रतिकृया दिन चाहिनन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको उम्मेदवार नभएका प्रदेशमा मतदान प्रक्रियामा सहभागी नहुन निर्देशन दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?