+
+

राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा मतगणना शुरु, आजै परिणाम आउने

राष्ट्रिय सभा सदस्य  निर्वाचनमा लुम्बिनी प्रदेशमा राप्रपाका दुई बाहेक सबै जनप्रतिनिधिले मत दिएका छन् ।  कुल मत २९६ मा २९४ मत खसेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १२ गते १५:४३

१२ माघ, दाङ । राष्ट्रिय सभा सदस्य  निर्वाचनमा लुम्बिनी प्रदेशमा राप्रपाका दुई बाहेक सबै जनप्रतिनिधिले मत दिएका छन् ।  कुल मत २९६ मा २९४ मत खसेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

राप्रपाबाट निर्बाचित भएका नेपालगञ्ज उपहानगरपालिकाका मेयर धवलशम्शेर राणा र रुपन्देहीको रोहेणी गाउँपालिकाकी उपाध्यक्ष शिवकान्ति चमार निर्वाचनमा अनुपस्थित भएका छन् । राप्रपाको प्रदेश १ बाहेक अरू प्रदेशका निर्वाचनमा सहभागी नहुने निर्णय अनुसार लुम्बिनीमा दुई जनप्रतिनिधि नआएको जनाएका छन् ।

दाङको घोराही स्थित कर्मचारी मिलन केन्द्रमा ९ बजे मतदान शुरु भएको मतदान ३ बजे सकिएर गणना शुरु भएको निर्वाचन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?