+
+

मोरिसस विरुद्धको मैत्रीपूर्ण खेलका लागि स्वदेश आइपुगे कप्तान किरण

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १३ गते ९:४२

१३ माघ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण कुमार लिम्बु (चेम्जोङ) मोरिसस विरुद्धको मैत्रीपूर्ण खेलका लागि स्वदेश फर्किएका छन् ।

माल्दिभ्सको माजिया स्पोर्ट्स एण्ड रिक्रिएसन क्लबबाट व्यवसायिक फुटबल खेलिरहेका कप्तान किरण राष्ट्रिय टोलीको ड्युटीका लागि बुधबार राति नेपाल आइपुगेका हुन् । किरणलाई राष्ट्रिय टिमका व्यवस्थापक मधुसुदन उपाध्यायले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए ।

नेपालले यही माघ १५ र १८ गते दशरथ रंगशालमा अफ्रिकन राष्ट्र मोरिसस विरुद्ध दुई मैत्रीपूर्ण खेल खेल्दैछ ।

मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले दुवै खेलका फरक-फरक टोली घोषणा गरिसकेका छन् । जसमा कप्तान किरणसहित १२ खेलाडी दुवै टिममा छन् । यस्तै पहिलो पटक क्याम्पमा स्थान बनाएका ९ जना खेलाडी पनि दुई फरक टिम बनाउँदा पहिलो पटक राष्ट्रिय टिममा परेका छन् ।

अखिल नेपाल फुटबल संघ एन्फाले मैत्रीपूर्ण खेलमा रंगशालाको कूल क्षमताको एक तिहाइ दर्शकलाई प्रवेश अनुमति दिने जनाइसकेको छ । दुवै खेल साँझ पौने ५ बजे सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?