+
+

केन्द्र मोसनभन्दा बाहिरको भिडियोमा देखिन थाले पल र मलिका

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १३ गते ११:२६

१३ माघ, काठमाडौं । ‘फूलबुट्टे सारी’ बोलको गीत हिट भएपछि केन्द्र मोसन पिक्चर्सले अभिनेता पल शाह र अभिनेत्री मलिका महतसँग नयाँ खालको सम्झौता गर्‍यो ।

सम्झौता अनुसार पल र मलिकाले केन्द्र मोसनभन्दा बाहिरको भिडियोमा एकसाथ काम गर्न नपाउने भन्ने थियो । यसपछि पल र मलिकाले केन्द्र मोसनकै भिडियोमा मात्र काम गरे ।

अब भने यी दुईलाई लिएर अन्य मेकरले पनि भिडियो बनाउन सक्ने भएका छन् । पल र मलिकालाई एकसाथ लिएर केन्द्रले मात्र भिडियो बनाउने सम्झौता सकिएको छ ।

बुझिएअनुसार पल र मलिकाले एकसाथ बाहिरी कम्पनीको भिडियोमा काम गर्दा भने केन्द्रमा लिइरहेको पारिश्रमिकभन्दा केही बढी पारिश्रमिक लिने गरेका छन् । हालै यो जोडीले निर्देशक निकेश खड्काको निर्देशनमा बनेको नयाँ म्युजिक भिडियोमा काम गरिसकेको छ ।

नेपाली म्युजिक भिडियो बजारमा पछिल्लो समय सर्वाधिक चलेको जोडीको रुपमा पल र मलिकालाई लिइन्छ । उनीहरुले काम गरेका ‘टाढा भएपनि’, ‘आँखैमा आउने सपनी’ लगायतका भिडियो सुपरहिट भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?