+
+

८० वर्षीय बुवाको हत्या आरोपमा छोरा पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १३ गते १२:०५

१३ माघ, विराटनगर । मोरङको बेलबारी नगरपालिका–९ मा ८० वर्षीय वृद्धको हत्या गरेको आरोपमा प्रहरीले उनकै छोरालाई पक्राउ गरेको छ ।

८० वर्षीय वृद्ध दलबहादुर खत्रीको हत्या आरोपमा प्रहरीले उनका ३५ वर्षीय छोरा जयबहादुर खत्रीलाई पक्राउ गरेको हो ।

बुधबार राति साढे ११ बजे सामान्य विवादमा बुबाको हत्या गरेको आरोप जयबहादुरमाथि लागेको छ । बुधबार राति विवाहमा मापसे गरी फर्किएका जयबहादुरले सामान्य विवादपछि बुबाको घाँटी थिचेर हत्या गरेको आरोप छ ।

घटनाको अनुसन्धानका लागि बुधबार राति नै जयबहादुरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?