+
+

उखुबारीमा शंकास्पद दुई खाल्डा : एउटामा शव, अर्काेमा उत्खनन गरिंदै

हरि अधिकारी हरि अधिकारी
२०७८ माघ १३ गते १२:१९
फाइल तस्वीर

१३ माघ, विराटनगर । मोरङको धनपालथान गाउँपालिका–७ कमलपुरको बस्ती नजिकै रहेको उखुबारीमा शंकास्पद दुईवटा खाल्डामध्ये एउटामा पुरुषको शव फेला परेको छ । अर्को खाल्डोमा प्रहरीले उत्खनन गर्दै छ ।

बुधबार उखु काट्न पुगेका किसानले उखुबारी भित्र खाल्डो खनेर केही पुरेको जस्तो शंकास्पद अवस्था देखेपछि प्रहरीलाई खबर गरेका थिए । साेही दिन बेलुका उत्खनन् गरेको प्रहरीले अन्दाजी ३०–३५ वर्षीय पुरुषको शव फेला पारेको हो ।

लगाएको कपडासहित गाडिएको अवस्थामा फेला परेका पुरुषको पहिचान नभएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार घटनाको अनुसन्धान सुरु गरेको प्रहरीले मृतकको पहिचान गर्ने प्रयास पनि गरिरहेको छ ।

करिब पाँच फिट गहिरो खाल्डोबाट निकालिएको शवको अनुहार पहिचान गर्न नसक्ने अवस्थामा छ । शवको प्रकृति हेर्दा हत्या गरी गाडेको हुनसक्ने प्रहरीले बताएको छ ।

नजिकै अर्काे पनि शंकास्पद खाल्डो

शव उत्खनन गरेको स्थान नजिकै शंकास्पद अर्काे खाल्डो पनि फेला परेको छ । शव गाडेको आशंकामा प्रहरीले सो खाल्डो पनि उत्खनन गर्ने तयारी गरेको डिएसपी श्रेष्ठले बताए ।

प्रहरीका अनुसार बुधबार उत्खनन गरिएको खाल्डो भन्दा करिब २० मिटर टाढा उखुबारी भित्रै खाल्डो भेटिएको हो ।

प्रहरीले सो खाल्डो उत्खनन गर्ने तयारी गरिरहेको धनपालथान गाउँपालिका–७ का वडा अध्यक्ष  हरिप्रसाद यादवले बताए । उनका अनुसार त्यो खाल्डोमा पनि शव हुनसक्ने आशंकामा उत्खनन गर्न लागिएको हो ।

खाल्डो उत्खननका लागि जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीसहितको टोली घटनास्थलमा छ । ‘बुधबार शव निकालिएको खाल्डो नजिकै खाल्डो खनेर पुरेको जस्तो माटो देखिन्छ,’ प्रहरी स्रोतले भन्यो, ‘ढिलो सूचना आएका कारण हिजो एउटा मात्रै उत्खनन गरियो, आज अर्काे उत्खनन गर्ने तयारी छ ।’

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?