+
+

युक्रेनको मिसाइल कारखानामा पाँच सैनिकको हत्या

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १३ गते १५:००

१३ माघ, काठमाडौं । युक्रेनको एक हतियार कारखानामा गोली हानी पाँच जनाको हत्या गरिएको छ । युक्रेनको नेशनल गार्डका एक जवानले गोली चलाउँदा पाँच जना सैनिक मारिएका हुन् ।

डिनिप्रो शहरस्थित पिभ्देनमास मिसाइल फ्याक्ट्रीमा बिहीबार बिहान एक जवानले गोली चलाउँदा पाँच जनाको ज्यान गएको र अन्य पाँच जना घाइते भएको अल जजिराले जनाएको छ । आर्टेम र्‍याबचुक नामक जवानले आफ्नै सहकर्मीमाथि गोली चलाउनुको कारण प्रस्ट भइसकेको छैन ।

युक्रेन र रुसबीच जारी तनावका बेला मिसाइल फ्याक्ट्रीमा गोली चलेको हो । युक्रेनको प्रहरीले जारी गरेको विज्ञप्तिमा ड्युटीमा खटिन लागेका सुरक्षाकर्मीलाई हतियार दिइरहेका बेला र्‍याबचुकले कलाश्निकोभ एसल्ट राइफलबाट गोली चलाएको उल्लेख गरिएको छ ।

र्‍याबचुक गोली चलाएलगत्तै घटनास्थलबाट भागेको समाचारमा उल्लेख छ । २०० थान काट्रिजसहित भागेका उनको हाल खोजी भइरहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?