+
+

पलले भने- केमेस्ट्री राम्रो बनाउन सहकर्मीसँग नजिक हुँदा म कसरी प्लेब्वाइ ?

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १४ गते १२:१६
अभिनेता पल शाह । फाइल तस्वीर

१३ माघ, काठमाडौं । म्युजिक भिडियोका व्यस्त मोडल तथा अभिनेता पल शाहलाई विभिन्न उपनाम दिने गरेको पाइन्छ । म्युजिक भिडियोका व्यस्त यी अभिनेताको विभिन्न महिला मोडलसँग नाम पनि जोडिने गरेको छ ।

यसरी महिला मोडलहरुसँग नाम जोडिएको आधारमा कतिपयले पललाई ‘प्लेब्वाइ हिरो’को ट्याग समेत भिराउने गरेका छन् ।

तर, अभिनेता पल शाह भने यो कुरालाई सोझै खण्डन गर्छन् । उनले सञ्चारकर्मीसँग कुराकानी गर्दै भने, ‘म मनोरञ्जन क्षेत्रमा काम गर्छु । त्यसैले महिला मोडलसँग नजिक भएर काम गर्नैपर्छ । कुनै पनि सहकर्मी कलाकारसँग केमेस्ट्री बनाउनका लागि भएपनि थोरै मिहिनेत गर्नैपर्छ ।’

पलले यसरी नजिक हुनुलाई प्लेब्वाइ नै भन्न नमिल्ने बताए । उनले अगाडि भने, ‘पहिले पहिले गाउँतिर कुनै केटीसँग बोल्दा, हाँस्दा, हात समातेर हिँड्दा लभ नै परेको भनेर हल्ला गरिन्थ्यो । तर यसो गर्दैमा लभ पर्छ भन्ने हुँदोरहेनछ । उनीहरुको सम्बन्ध मित्रतामा जोडिएको पनि हुनसक्छ ।’

पलले आफूलाई कुनै महिला कलाकारसँग केमेस्ट्री बलियो बनाउँदा ‘प्लेब्वाइ’ भनिन्छ भने आफ्नो भन्नु केही नरहेको बताए । तर, यसमा आफ्नो गल्ती नभएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?