+
+

पल र दुर्गेशको सम्बन्ध चिसिएको हो ?

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १४ गते १६:३०
अभिनेता पल शाह र मोडल दुर्गेश थापा । फाइल तस्वीर

१४ माघ, काठमाडौं । डेढ वर्षयता अभिनेता पल शाह र मोडल दुर्गेश थापाको सम्बन्ध एकदमै निकट देखियो । पलले दुर्गेशकै ‘आलुजस्तो गायक’, ‘बीच्च बीच्चमा ५’, ‘बहिष्कार’ लगायतका गीतको भिडियोमा अभिनय गरे ।

‘हे माया’, ‘भिटामिन यू’, ‘तामा पित्तल’ जस्ता यी दुईको सहकार्य रहेका एकपछि अर्को म्युजिक भिडियो समेत सार्वजनिक भए । कतिपय ठाउँमा राहत सामग्री समेत लिएर यी दुई सँगै पुगेका थिए । कार्यक्रममा समेत सँगै पुग्ने गरेका यी दुईले अन्तर्वार्तामा एकअर्काको खुलेर प्रशंसा गर्दथे । सांगीतिक बजारमा यी दुईको मित्रताको निकै चर्चा हुने गरेको थियो ।

तर पछिल्लो समय पल र दुर्गेशको सहकार्य भएका म्युजिक भिडियोहरु दर्शकले हेर्न पाएका छैनन् । यता कार्यक्रमदेखि अन्तर्वार्तामा समेत यी दुई सँगै नदेखिएको धेरै भएको छ ।

यसले बजारमा चर्चा चल्न थालेको छ, अहिले पल र दुर्गेशको सम्बन्ध चिसिएको छ । यी दुईको सम्बन्ध चिसिएकाले सँगै देख्न छाडिएको पल र दुर्गेशका निकटस्थहरु नै बताउँछन् । दुर्गेशले भने आफूहरु आ–आफ्नो काममा व्यस्त भएकाले पहिलेजस्तो सँगै नदेखिएको बताए । उनले भने, ‘पहिला-पहिला हाम्रो सुटिङ कम हुन्थ्यो, हामी सँगै हुन्थ्यौं । अहिले दुवै आ–आफ्नो काममा व्यस्त छौं । त्यसैले भेटघाट कम भएको हो । सँगै नदेखिएको हो ।’

उनले पछिल्लो समय दुई साताअघि आफूहरुको भेट भएको बताए । अहिले व्यस्तताका कारण नियमित भेटघाट नभएपनि कुराकानी भने भइरहने उनले बताए ।

बजारमा त सम्बन्ध चिसिएको हल्ला छ ? भन्ने प्रश्नमा उनले भने, ‘बाहिर त जे नि भन्छन् । बाहिरको कुरा सुन्ने हो भने यहाँ पागल भइन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?