+
+

५६ वर्षको उमेरबाट वीर्यदान, अहिलेसम्म बने १ सय २९ बच्चाको पिता !

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १४ गते १९:३४

१४ माघ, काठमाडौं। संसारमा यस्ता धेरै दम्पतीहरु छन् जो कुनै समस्याले गर्दा बाबुआमा बन्न सकेका हुँदैनन् ।

प्राकृतिक गर्भाधारण हुन नसकेपछि धेरैले शुक्रकिट दाताको सहारा लिन्छन् जसबाट उनीहरुले सन्तान पाउने आफ्नो सपना पूरा गर्दछन्। यसबाट के भन्न सकिन्छ भने शुक्रकिट दान पनि एउटा महादान नै रहेछ ।

बेलायतमा एकजना यस्तै महादानी शुक्रकिटदाता चर्चामा छन् । ती व्यक्ति अहिलेसम्म १ सय २९ जना बच्चाको पिता बनिसकेका छन् । उनको शुक्रकिटबाट गर्भाधारण गरिएका थप ९ जना बच्चा छिटै जन्मिनेवाला छन्। अर्थात् उनी १ सय ३८ बच्चाको जैविक पिता बन्दैछन् । यसरी झण्डै डेढ सय बच्चाको बाउ बन्न थालेका बेलायतका क्लाइभ जोन्सको उमेर चाहिँ ६६ वर्षको छ।

अनौठो त के भने जुन उमेरमा आम मानिसहरु जागिर वा कामबाट निवृत्त हुन्छन् त्यहीँ उमेरबाट जोन्सले विर्यदानको काम सुरु गरेका थिए । पछिल्लो १० वर्षदेखि उनले विर्यदान गरिरहेका छन् । उनले निशुल्क रुपमा विर्यदान गर्ने गरेका छन् ।

५६ वर्षको उमेरदेखि विर्यदान गरिरहेका जोन्स अझै रोकिनेबाला छैनन्। जिवनकालमा १ सय ५० जना बच्चाको बाउ बन्ने उनको चाहना छ । डेढसय बच्चा जन्माएपछि मात्र विर्यदानको कामबाट विदा लिने उनको योजना छ।

समाचार अनुसार बेलायतमा शुक्रकिट दान गर्नका लागि अधिकतम उमेर ४५ वर्ष हो। त्यसकारण जोन्स आधिकारिक रुपमा शुक्रकिटदाता बन्न पाउँदैनन् । त्यसकारण उनले फेसबुकको माध्यमबाट आफ्ना ग्राहकहरुसँग जोडिन सुरु गरे।

उनले फेसबुककै माध्यमबाट सम्पर्क गरेर ग्राहकको माग पूरा गर्दछन् । जब शुल्कको कुरा आउँदछ जोन्सले सिधै भन्छन् : मलाई पैसा चाहिँदैन, कसैलाई खुसी दिँदा मलाई निकै खुसी मिल्दछ ।

१० वर्षअघि एउटा पत्रिकामा विर्यदानका विषयमा एउटा आलेख पढेपछि आफूलाई पनि विर्यदान गर्ने सोँच पलाएको उनी बताउँछन् । द सन डट को डट युकेबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?