+
+

अष्ट्रेलियन ओपनको उपाधिका लागि नाडाल र मेदभेदेभ भिड्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १४ गते २०:४०

१४ माघ, काठमाडौं। वर्षको पहिलो ग्राण्ड्सलाम अष्ट्रेलियन ओपनको उपाधिका लागि स्पानिस राफाएल नाडाल र रसियन खेलाडी डानिएल मेदभेदेभ भिड्ने भएका छन् ।

शुक्रबार भएको दोस्रो सेमिफाइनलमा ग्रीसका स्टेफानोस सिसीपासलाई ३-१ ले पराजित गर्दै मेदभेदेब लगातार दवस्रो पटक फाइनल पुगेका हुन् ।

मेलवर्नमा भएको खेलमा मेदभेदेभले सिसीपासलाई ७-६ (७-५),४-६,६-४, ६-१ ले हराए ।

गत वर्ष नोभाक जोकोभिकसँग फाइनलमा पराजित भएका मेदभेदेभ युएस ओपनपछि अर्को ग्राण्ड्सलाम उपाधि जित्ने योजनामा छन् ।

उता नाडाल कीर्तिमानी २१औं पटक ग्राण्ड्सलाम उपाधि नजिक छन् । रोजेर फेडेरर र जोकोभिच समान सर्वाधिक २० ग्राण्ड्सलाम जितेका नाडाल २९औं पटक ग्राण्ड्सलामको फाइनल पुगेका हुन् । नाडालले पहिलो सेमिफाइनलमा इटालियन माटेओ बेरेट्टीनीलाई ३-१ कै सेटमा पराजित गरेका थिए ।

यस्तै महिलातर्फको उपाधिका लागि अष्ट्रेलियाकै एस बार्टी र अमेरिकन डानिएले कोलिन्सबीच प्रतिस्पर्धा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?