+
+

गोरखामा भीरबाट लडेर युवकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १५ गते १९:४०

१५ माघ, गोरखा । जंगलमा काठ काट्न जाने क्रममा भीरबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ । धार्चे गाउँपालिका–३ डुङ्लाका अन्दाजी ३३ बर्षीय पुरमान गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शुक्रबार करिव चार बजे काठ काट्न जंगल जाने क्रममा तारवाङ भीरबाट उनी लडेका थिए । भीरबाट करिव चार सय मिटर तल खसेका उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शुक्रवार घटना भएपनि शनिवारमात्र खबर आएको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश दाहालले बताए । ‘शनिबार स्थानीयले देखेपछि वडाध्यक्षलाई खबर गरेछन्,’ उनले भने, ‘वडाध्यक्षले हामीलाई खबर गरेपछि हाम्रो प्रहरी टोली खटाएका हौं ।’

गुरुङको शव पोष्टमार्टमका लागि आरुघाटतर्फ ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?