+
+

७ वर्षपछि बार्सिलोना फर्किए एडामा ट्राओरे

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १६ गते ११:०९

१६ माघ, काठमाडौं । विंगर एडामा ट्राओरे ७ वर्षपछि पूर्वक्लब बार्सिलोना फर्किएका छन् । स्पानिस क्लब बार्सिलोनाले ट्राओरेलाई प्रिमियर लिग क्लब वल्भ्सबाट सिजनको बाँकी समयका लागि लोनमा अनुबन्ध गरेको हो ।

क्याटलाना क्लबले ट्राओरेको तलब प्रदान गर्नेछ । यस्तै बार्सिलोनालाई ट्राओरेलाई स्थायी खेलाडीको रुपमा अनुबन्धको लागि विकल्प समेत छ ।

२६ वर्षीय ट्राओरले बार्सिलोनाबाटै युथ करियर सुरु गरेका थिए । सन् २०१५ मा बार्सिलोना छाडेर एस्टन भिल्ला पुगेका ट्राओरे ७ वर्षपछि नोक्याम्प फर्किएका हुन् ।

वल्भससँग ट्राओरेको अझै १८ महिनाको सम्झौताको बाँकी छ तर सम्झौता नवीकरणको विषयमा कुनै सहमति नभएको बीबीसीले जनाएको छ ।

एस्टन भिल्लापछि मिडल्सब्रोमा दुई सिजत बिताएका ट्राओरे सन् २०१८ मा क्लब कीर्तिमानी १८ मिलियन पाउण्डमा वल्भस पुगेका थिए ।

ट्राओरेले वल्भसका लागि १५४ खेल खेल्दै ११ गोल गरेका छन् ।

यसअघि प्रिमियर लिगकै क्लब टोटेनहमले पनि ट्राओरेलाई अनुबन्धको प्रयास गरे पनि उक्त प्रस्ताव अस्वीकार भएको बेलायती सञ्चारमाध्यमले जनाएको छ ।

वल्भसका टेक्निकल डिरेक्टर स्कट सेलर्सले एडामा ट्राओरे बार्सिलोनासँग नजिक रहेकाले उनका लागि यो ‘ड्रिम मुभ’ भएको बताएका छन् । ‘सबैलाई थाहा छ बार्सिलोना सिटी र क्लबको बारेमा । क्लब एउडामाको मुटु नजिक छ । उनको लागि यो ड्रिम मुभ हो,’ सेलर्सको भनाइ बीबीसीले उल्लेख गरेको छ ।

‘एडामाले सधैं अत्यन्त व्यावसायिकताका साथ काम गरेका छन् । यद्यपि, यो कुनै गोप्य कुरा होइन कि हामीले लामो वार्ताका बावजुद उनीसँग नयाँ सम्झौता गर्न सकेनौं र उनको चाहना अहिले कतै फुटबल खेल्ने हो,’ सेलर्सले भने, ‘यदि बार्सिलोनाले यस समरमा स्थायी रूपमा अनुबन्ध गर्न चाहन्छ भने हामीले सम्झौतामा धेरै स्वस्थ विकल्पमा पनि सहमति जनाएका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?