+
+

नेप्से परिसूचक १०५ अंकले बढ्यो, आधा दर्जन कम्पनीको मूल्यमा सकारात्मक सर्किट

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १६ गते १५:२८

१६ माघ, काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजारमा उल्लास देखिएको छ । कारोबार शुरु भएसँगै बढ्ने क्रममा देखिएको बजार अन्तमा १०५ अंक्ले बढेर बन्द भयो । आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक १०५ दशमलव ५५ अंकले बढेर २ हजार ८ सय ८५ दशमलव ५३ अंकमा पुगेको छ ।

अघिल्लो साता लागातार घटेको शेयर बजार आइतबार भने सरकारले चुनाव घोषणा गर्ने तयारी गरेको समाचार पछि बढेको अनुमान गरिएको छ । कारोबार रकम पनि आइतबार ६ अर्ब नाघ्यो । १ करोड २१ लाख ५५ हजार ४ सय ३२ कित्ता शेयर किनबेच हुँदा शेयर कारोबार रकम ६ अर्ब ३२ करोड ४२ लाख ७४ हजार रुपैयाँ पुगेको छ ।

बजार उच्च अंकले बढ्दा आधा दर्जन कम्पनीहरुको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । एकै कम्पनीहरुको शेयर मूल्य एकै दिन १० प्रतिशत भन्दा धेरैले घटबढ हुँदैन । बुधबार अधिकतम् सीमा (सर्किट लेभल) कारोबार हुनेमा विन नेपाल लघुवित्त, लिवर्टी इनर्जी, शिवश्री हाइड्रोपावर, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, बुद्धभूमि हाइड्रोपावर र अरुणभ्याली हाइड्रो पावर रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?