+
+

रुसमा दैनिक ओमिक्रोन संक्रमितको संख्या १ लाख २० हजार नाघ्‍यो

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १७ गते १३:३०

१७ माघ, काठमाडौं। रुसमा कोभिड-१९ को निकै संक्रामक नयाँ ओमिक्रोन भेरियन्ट फैलिन थालेसँगै दैनिक संक्रमितको संख्या १ लाख २० हजार नाघेको छ ।

रुसमा यो महिनाको सुरुमा दैनिक संक्रमितको संख्या करिब १५ हजार थियो । तर हाल ८ गुणाले बढेर दैनिक संक्रमितको संख्या १ लाख २० हजारभन्दा बढी पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख २१ हजार २८८ जना नयाँ संक्रमित थपिएको युरो न्युजले जनाएको छ। जुन संख्या अघिल्लो दिनको भन्दा ८ हजारले बढी र हालसम्मकै सर्वाधिक हो ।

त्यस्तै आइतबार रुसमा कोभिड-१९ बाट ६६८ जना व्यक्तिको मृत्यु भएको छ । योसँगै त्यहाँ कोरोना भाइरसबाट हालसम्म कुल ३ लाख ३० हजार ७२८ जनाको मृत्यु भएको छ । मृतकको उक्त संख्या युरोपमै सबैभन्दा धेरै हो ।

शुक्रबार मात्रै क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले कैयौं मानिसले परीक्षण नगरेको वा लक्षण नदेखिएका कारण दैनिक संक्रमितको संख्या योभन्दा बढी हुने बताएका थिए । निकै संक्रामक ओमिक्रोन भेरियन्टले विस्फोटक रुप लिन थालेको पनि उनको भनाइ थियो।

‘यो संख्या धेरै हो र संभवत: योभन्दा धेरै हुन सक्छ’, पत्रकारसँग कुरा गर्दै पेस्कोभले भनेका थिए। उनले राष्ट्रपतीय कार्यालयमा संक्रमित हुने कर्मचारीको संख्या समेत धेरै रहेको भन्दै ओमिक्रोनले विस्फोटक रुप लिएको बताए।

‘अधिकांश मानिसले सेल्फआइसोसेलनमा बसेर घरबाटै काम गरिरहेका छन्’, उनले थपे, ‘ओमिक्रोनको संक्रमणले विस्फोटक रुप लिँदै पूरा तागत देखाएको छ ।’
तर बढ्दो संक्रमणबीच रुसमा महत्वपूर्ण प्रतिबन्ध भने लगाइएको छैन।

स्वास्थ्य प्रणालीले नयाँ संक्रमण सामना गरिहेको हुँदा कुनै महत्वपूर्ण प्रतिबन्ध नलगाइएको अधिकारीहरूको भनाइ छ । त्यहाँ महामारी सुरु भएयता एक पटक मात्रै देशव्यापी लकडाउन गरिएको छ । २०२० मा संक्रमित र मृतकको संख्या ह्वात्तै बढ्दा देशव्यापी लकडाउन गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?