+
+

नेपालको लक्ष्य टि-२० विश्वकपमा छनोट हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १७ गते १८:४९

१७ माघ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने र मुख्य प्रशिक्षक पुबुदु दासानायकेले अष्ट्रेलियामा हुने टि-२० विश्वकपमा छनोट हुने नेपालको लक्ष्य रहेको बताएका छन् ।

सोमबार जुममार्फत् मिडियासँग कुरा गर्दै प्रशिक्षक र कप्तानले विश्वकप खेल्ने लक्ष्य भएको बताएका हुन् । पुबुदुले फेरि अर्को पटक नेपाललाई विश्वकपमा छनोट गराउनका लागि लागिपरेको बताए ।

कप्तान लामिछानेले भने,’उहाँहरूसँग योजना गर्न पाउनु र उहाँहरूको पनि चाहना होला सबैजनाको कुरा मिलाएर हामी कसरी राम्रो नतिजा दिन सक्छौँ उहाँहरूको रोल त्यसमा हुन सक्छ । म कप्तान भए पनि हामीले सबैको विचारलाई रेस्पेक्ट गर्दै अघि बढ्नुपर्छ । विश्वकपमा छनोट हुनु मेरो र समग्र टिमको लागि नै महत्त्वपूर्ण कुरा हो ।’ उनका अनुसार नेश्नल टिममा कप्तान नयाँ अनुभव हो भने आफूभन्दा सिनियर दाईहरूको अनुभव काउन्ट हुन्छ ।

त्यस्तै, प्रशिक्षक प्रशिक्षक दासानायकेले भने,’क्वालिफायर टफ छ, तर मलाई विश्वास छ टिम ब्याटिङ र बलिङ दुवैमा सन्तुलित भएकोले विश्वकपमा छनोट हुन्छौं ।’ प्रशिक्षक दासानायकेका अनुसार नयाँ खेलाडीहरू पनि क्षमतावान रहेका छन् भने जितको लक्ष्यसहित प्रशिक्षण चलिरहेको छ ।

कोभिड-१९ पोजेटिभ भएर कप्तान सन्दीपलगायत केही खेलाडी आइसोलेसनमा छन् । सबैसँग भिडियोमार्फत कम्युनिकेशन गरिरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?