+
+

धमाधम फिल्मको रिलिज मिति घोषणा गर्दै भारतीय निर्माता

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १८ गते १३:३०

१८ माघ, काठमाडौं । भारतमा दैनिक साढे ३ लाखसम्म पुगेको कोरोना संक्रमितको संख्या विस्तारै घट्न थालेको छ । अहिले दैनिक संक्रमितको संख्या दुई लाखभन्दा तल छ ।

दिल्लीमा लगाइएको कफ्र्यु हटाउने तयारी राज्य सरकारले गरेको छ । योसँगै भारतीय चलचित्रका निर्माताहरुमा समेत आत्मविश्वास बढेको देखिन्छ । एक महिनाअघि धमाधम स्थगित भएका महँगा बजेटमा बनेका चलचित्रका निर्माताहरुले नयाँ प्रदर्शन मिति तय गर्न थालेका छन् ।

यसले भारतीय निर्माताहरु फेरि लयमा फर्किन थालेको छ र कोरोना महामारीको तेस्रो चरण चाँडै नै सकिने निष्कर्षमा पुगेको बुझ्न सकिन्छ ।

निर्माता तथा निर्देशक सञ्जयलीला भन्सालीले आफ्नो नयाँ चलचित्र ‘गंगुबाई काठियावाडी’को प्रदर्शन मिति फ्रेबुअरी २५ लाई तोकिसकेका छन् । उनी अबको २५ दिनमा भारतका अधिकांश हल खुल्ने कुरामा विश्वस्त देखिन्छन् । यो चलचित्रमा आलिया भट्ट मुख्य भूमिकामा छिन् ।

जनवरी ७ लाख प्रदर्शन मिति तोकेर करोडौं रुपैयाँको प्रचार गरिसकेको साउथको चलचित्र ‘आरआरआर’को नयाँ प्रदर्शन मिति मार्च २५ लाई तोकिएको छ । एसएस राजामौलीको निर्देशनमा तयार भएको यो चलचित्र जनवरी ७ बाट पछि सरेको  थियो । तर यसका निर्माताले पनि महँगो बजेटमा बनेको चलचित्रलाई मार्च २५ मा रिलिज गर्ने घोषणा गर्नुले उनको आत्मविश्वास झल्किएको छ । चलचित्रमा जुनियर एनटीआर, रामचरण, आलिया भट्ट, अजय देवगण मुख्य भूमिकामा छन् ।

यस्तै साउथका सुपरस्टार पवन कल्याणको नयाँ चलचित्र ‘भिम्ला नायक’को प्रदर्शन मिति फ्रेबअुरी २५ र अप्रिल १ लाई तोकिएको छ । तेलुगू सुपरस्टार महेश बाबुको नयाँ चलचित्र ‘सरकारु भारी पट्टा’को प्रदर्शन मिति मे १२ लाई तोकिएको छ ।

यस्तै साउथका सुपरस्टार चिरञ्जीवी र रामचरणको नयाँ चलचित्र ‘आचार्य’को प्रदर्शन मिति अप्रिल २९ गतेलाई तोकिएको छ । अभिनेता अक्षय कुमारको नयाँ चलचित्र ‘बच्चन पाण्डे’को प्रदर्शन मिति मार्च १८ लाई तोकिएको छ । यसैगरी कार्तिक आर्यनको ‘भुलभुलैया २’को प्रदर्शन मिति मार्च २५ लाई तोकिएको छ ।

चलचित्रको प्रदर्शन मिति घोषणा गर्ने कुरामा बलिउडका भन्दा साउथका निर्माता अगाडि देखिएका छन् । अप्रिल १४ मा साउथ चलचित्र ‘केजीएफ २’ र बलिउड चलचित्र ‘लाल सिंह चड्डा’ रिलिज हुने पक्का भइसकेको छ ।

भारतीय सफल मेकरहरु कोरोनाको तेस्रो लहर लामो समय नजाने कुरामा विश्वस्त देखिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?