+
+

भारतमा डिजिटल मुद्रा कारोबार करको दायरामा, अर्को वर्ष आफ्नै डिजिटल मुद्रा ल्याउने घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १८ गते १५:२६
Photo Credit : The Hindu

१८ माघ, काठमाडौं । भारतले नयाँ बजेटमार्फत डिजिटल मुद्रालाई करको दायरामा ल्याएको छ । क्रिप्टो लगायतका कारोबारलाई यस अघि अवैध मानेको भारतले आर्थिक वर्ष २०२२/२३ को वित्त वर्षमा यस्तो कारोबारमा हुने आयमा ३० प्रतिशत कर लगाउने घोषणा गरेको हो ।

भारतीय वित्त मन्त्री निर्मला सितारमणले मंगलबार प्रस्तुत गरेको बजेटमा डिजिटल सम्पत्तिको ट्रान्सफरबाट हुने आयमा ३० प्रतिशत कर लगाउने र भारतीय रिजर्व बैंक (आरबीआई) ले व्यवस्थापन गर्ने गरी नयाँ डिजिटल मुद्रा निर्माण गर्ने घोषणा भएको द इकोनोमिक्स टाइम्सले लेखेको छ ।

बजेटमा उल्लेख भएअनुसार भारतीय रिजर्ब बैंक (आरबीआई) ले व्यवस्थापन गर्ने गरी नयाँ डिजिटल मुद्रा निर्माण गर्ने छ । केन्द्रीय बैंक डिजिटल करेन्सी नाम दिइएको यस्तो मुद्राको कारोबारका लागि गत वर्ष देखिनै आरबीआईले काम गरिरहेको पनि भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?