+
+

नेपालबाट सन्दीप मात्रै आईपीएलको अक्सनमा

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १८ गते १५:२५

१८ माघ, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को १५औं संस्करणमा नेपालबाट राष्ट्रिय टिमका कप्तानसमेत रहेका सन्दीप लामिछानेको मात्र अक्सन हुने भएको छ ।

भारतीय क्रिकेट नियन्त्रण बोर्ड(बीसीसीआई)ले मंगलबार सार्वजनिक गरेको अक्सनमा परेका खेलाडीको सूचीमा नेपालबाट लामिछाने मात्र परेका हुन् । नेपालबाट अक्सनका लागि लामिछानेसहित करण केसी, विनोद भण्डारी, शरद भेषावकर, सोमपाल कामीलगायत १५ खेलाडीले नाम दर्ता गराएका थिए ।

अक्सनबाट लामिछानेलाई कुनै टिमले भित्र्याउन चाहे ४० लाख भारतीय रुपैयाँमा लिन सक्नेछन् । सन्दीपले यसअघि दिल्ली क्यापिटल्सबाट आईपीएल खेलेका थिए ।

दिल्लीले गत सिजन अघि सन्दीपलाई रिलिज गरेको थियो, तर गत सिजन अक्सनमा सन्दीपलाई कुनै टिमले पनि अनुबन्ध गरेन । यस पटक आईपीएलमा नयाँ दुई टिम थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?