+
+

३ महिनामा डेढ करोड रुपैयाँको क्रिप्टोकरेन्सी कारोबार, एक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १८ गते २०:५७

१८ माघ, काठमाडौं । नेपालमा प्रतिबन्धित डिजिटल मुद्रा क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न भएको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुरको दुवाकोट–२ का ३० वर्षीय रवीन्द्र अधिकारी छन् ।

महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख हरिबहादुर पालका अनुसार विशेष सूचनाको आधारमा न्युरोडस्थित गुच्चा टोलबाट उनलाई फेला पारी अनुसन्धान गर्दा क्रिप्टोकरेन्सीको कारोबार गर्ने गरेको तथ्य फेला परेको थियो ।

‘उनले मोबाइलबाट ०.२८६६…. बराबरको बिटक्वाइन कारोबार गरेको रेकर्ड भेटियो, यसको नेपाली मूल्य १३ लाख रुपैयाँ पर्न आउँछ’ पालले अनलाइनखबरसँग भने, ‘तीन महिनाभन्दा अघिको कारोबार हेर्न नमिल्ने भएकाले यसअघिका उनको कारोबार थाहा हुन सकेन ।’

तीन महिनामा उनको कारोबार एक करोड ४८ लाख ४४ हजार रुपैयाँ देखिएको छ । अधिकारीमाथि थप अनुसन्धान र कारबाहीका लागि महानगरीय प्रहरी परिसर, टेकुलाई बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?