+
+

आफ्नो स्टारडम फर्काउन निरुतालाई सकस !

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १९ गते १२:४०
एक म्युजिक भिडियोमा राजेश हमाल र निरुता सिंह

१९, माघ, काठमाडौं । चलचित्र क्षेत्रबाट टाढा भएको आठ वर्षपछि अभिनेत्री निरुता सिंहले ‘नाइँ नभन्नु ल ५’मा केमियो भूमिकामा काम गरिन् । यो चलचित्र हिट हुँदा निरुताको केमियो भूमिकाको पनि राम्रै चर्चा भयो ।

यसपछि उनले चलचित्र ‘दाल भात तरकारी’मा मुख्य कलाकारको रुपमा काम गरिन् । यो चलचित्रले लगानी उठाएपनि निरुताको बलियो कमब्याक सफल हुन सकेन । यसपछि उनले चलचित्र ‘क्याप्टेन’को ‘कर्ली कर्ली’ बोलको गीतमा काम गरिन् । चलचित्र चल्यो, गीतले पनि राम्रो चर्चा पायो ।

यसपछि पनि निरुताले चलचित्रमा काम गर्ने विषयमा खबरहरु सार्वजनिक नभएका होइनन् । तर निरुताले नयाँ चलचित्र साइन गरेकी छैनन् । बरु उनी यतिबेला रियालिटी शो ‘डान्स च्याम्पियनसिप’को मुख्य निर्णायकको रुपमा काम गरिरहेकी छन् ।

तर यो शोले दर्शकको अपेक्षित साथ भने पाउन सकेको देखिँदैन । निरुताको प्रवेशले पनि शोप्रति दर्शकको उत्साह देखिएको छैन । युट्युबमा यो शोको भ्युज अपेक्षित छैन । रियालिटी शोबाट अपेक्षित सफलता नपाएकी निरुता अभिनेता राजेश हमालसँग एक म्युजिक भिडियोमा देखिँदैछिन् ।

भिडियोमा निरन्तर काम गरिरहेका राजेश हमालसँग निरुताको केमेष्ट्री दर्शकका लागि विशेष हुन सक्छ । तर युट्युबमा रिलिज भएका हमालका अधिकांश भिडियोले दर्शकको उल्लेख्य साथ भने सकेका छैनन् । राजेश र निरुताको जोडीलाई भने म्युजिक भिडियोमा दर्शकले कत्तिको रुचाउँछन्, यो भने गीत रिलिजपछि नै थाहा होला ।

निरुता सिंह कुनै बेला नेपाली चलचित्रमा सर्वाधिक माग भएकी अभिनेत्री हुन् । तर नयाँ पुस्ताका अभिनेत्रीहरुले राज गरिरहेको समयमा निरुतालाई पुरानो स्टारडम फर्काउन भने मुस्किल परिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?