+
+

राखेपको समस्या समाधानको माग राखेर विरोध प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २० गते १७:२१

२० माघ, काठमाडौं । खेलकुदसँग सम्बन्धित तीन वटा संस्थाहरुले राष्ट्रिय खेलकुद परिषद्मा देखिएका समस्या समाधानको माग राख्दै बिहीबार विरोध र्‍याली निकालेका छन् ।

राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ र नेपाल ओलम्पियन संघले संयुक्त रुपमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै विरोध र्‍याली निकालेका हुन् ।

राखेप प्रांगण हुँदै दशरथ रंगशालाको मुल गेट अगाडिसम्म पुगेको विरोध र्‍यालीको अगुवाइ राखेप कर्मचारी संघका अध्यक्ष रञ्जन थापा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ र नेपाल ओलम्पियन संघका अध्यक्ष दीपक बिष्टले गरेका थिए । र्‍यालीमा कर्मचारी, खेलाडी, प्रशिक्षक, ओलम्पिनहरुको सहभागिता रहेको थियो ।

राखेप सदस्य सचिवको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकोले खेलकुदको सम्पूर्ण गतिविधि ठप्प बनेको, कर्मचारीहरुले दुई महिनादेखि तलब नपाएको लगायतका माग राखेर उनीहरुले प्रदर्शन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?