+
+

सर्वाेत्तम सिमेन्ट र स्टिलले ल्यायो ‘सर्वाेत्तमको न्यानो सौगात’ योजना

ठेकदारहरुका लागि ७ लाखको दुर्घटना बीमा

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २० गते १९:०६

काठमाडौं । सौरभ ग्रुप अन्तर्गतको सर्वोत्तम सिमेन्ट लिमिटेड र सर्वाेत्तम स्टिल लिमिटेडले ‘सर्वाेत्तमको न्यानो सौगात’ योजना ल्याएको छ । कम्पनीका ठेकेदारलाई लक्षित गर्दै आयोजना गरिएको प्राविधिक भेटघाट कार्यक्रम मार्फत उक्त योजनाको शुरुआत गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीका भाइस–प्रेसिडेन्ट् सुवास पाण्डेका अनुसार यस योजना अन्तर्गत अब ठेकेदारहरुले आफ्नो साइट रजिष्टर गराए बापत सर्वाेत्तम स्टीलको तर्फबाट ट्रयाक–सुट उपहार तथा सार्वाेत्तम सिमेन्टको तर्फबाट ट्रयाक–सुटका साथै ७ लाख रुपैयाँ बराबरको दुर्घटना बीमाको सुविधा पाउनेछन् ।

हाललाई काठमाडौं, ललितपुर र भक्तपुरका एक हजार जना ठेकेदारहरुका लागि बीमा सुविधा प्रदान गराउने लक्ष्य कम्पनीले लिएको उनले बताए ।

कार्यक्रममा कम्पनीका प्रोजेक्ट हेड ई. अभिषेक झाले घर बनाउँदा सिमेन्ट र डण्डीको प्रयोग गर्दा अपनाइने प्राविधिक पाटोका बारेजमा जानकारी गरएका थिए । भूकम्प प्रतिरोधात्मक घर कसरी बनाउन सकिन्छ भन्नेबार उनले सहभागीहरुलाई जानकारी गराएका थिए । साथै उनले सिमेन्टको प्रयोग प्राविधक रुपमा उपयुक्त तरिकाले कसरी गर्दा सिमेन्टको खपत कम हुन जान्छ भन्ने बारेमा पनि जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?