+
+

तनहुँको अग्लो डाँडा छिम्केश्वरीमा हिमपात

रासस रासस
२०७८ माघ २१ गते १७:३५
फाइल तस्वीर

२१ माघ, तनहुँ । तनहुँको सबैभन्दा अग्लो स्थानमा रहेको आँबुखैरेनी गाउँपालिकास्थित छिम्केश्वरीमा हिमपात भएको छ । बिहीबार रातिदेखि वर्षा भएसँगै शुक्रबार बिहान छिम्केश्वरी डाँडामा हिमपात भएको हो।

आँबुखैरेनी गाउँपालिका-५ छिम्केश्वरी डाँडामा वर्षौपछि हिमपात भएको वडाध्यक्ष पञ्चबहादुर गुरुङले जानकारी दिए । ‘जिल्लाको सबैभन्दा अग्लो स्थानमा रहेको छिम्केश्वरीमा लामो समयपछि हिमपात भएको छ, यसभन्दा अगाीड धेरै वर्ष पहिला हिउँ परेको थियो’, उनले भने ।

उनका अनुसार छिम्केश्वरी मन्दिरभन्दा केही तल रहेको ठूल्ढुङ्गी भन्ने ठाउँमा हिमपातले डाँडा सेताम्य भएको छ । ‘बस्ती नभएको ठाउँमा हिउँ परेर डाँडा सेताम्य भएको छ, यसभन्दा पहिला पनि हल्काहल्का पर्ने गरे पनि यस पटक भने डाँडा सेतो हुने गरी हिउँ परेको छ’, उनले भने ।

समुद्री सतहबाट दुई हजार १३४ मिटर उचाइमा छिम्केश्वरी मन्दिर अवस्थित छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?