+
+

कमल थापाले उठाएका विषयमा छलफल भइरहेको छ : लिङ्देन

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २३ गते १५:४२

२३ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा कोही पनि असन्तुष्ट नरहेको दाबी गरेका छन् ।

हालै मनोनित पदाधिकारीहरुलाई पार्टीको केन्द्रीय कार्यालयमा स्वागत गरेपपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष लिङ्देनले निवर्तमान अध्यक्ष कमल थापाले उठाएको विषयमा छलफल भइरहेको बताए ।

‘अहिले कोहीपनि सदस्य साथीहरु राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र असन्तुष्ट हुने अथवा असन्तुष्ट रहनुभएको अवस्था छैन,’ उनले भनेका छन्, ‘निवर्तमान अध्यक्षजीसँग केही विषयहरु छन्, त्यस विषयमा हामी छलफलमा छौँ । र त्यो विषयमा पनि हामी निकट भविश्यमै टुंगोमा पुर्‍याउँछौं ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ता र शुभेच्छुकहरुलाई हामी निराश बनाउँदैनौ । चाँडै हामी सकारात्मक सन्देश प्रवाह गर्छौ ।’

लिङ्देनले हालै मात्र २४ जना पदाधिकारी मनोनित गरेका थिए । उनीहरुमध्ये केही उपत्यका बाहिर भएकाले आइताबार उपस्थित थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?