+
+

खेमको आग्रह : नक्कली फेसबुक आईडीप्रति सचेत रहनुहोला

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २३ गते १७:०९
गायक खेम सेञ्चुरी । फाइल तस्वीर

२३ माघ, काठमाडौं । लोकदोहोरी गायक एवं सर्जक खेम सेञ्चुरीले आफ्नो नाममा नक्कली फेसबुक आईडी खोलेर दुरुपयोग गरिरहेको गुनासो आइरहेको बताएका छन् । साथै, नक्कली फेसबुक आईडीबाट सचेत हुन समेत उनले सबैलाई आग्रह गरेका छन् ।

आफ्नो नामको नक्कली फेसबुक आईडी खोलेर गीत रेकर्डिङ गदिदिन्छु भनेर पैसा माग्ने, कसैलाई म्युजिक भिडियो खेलाइदिन्छु भनेर आश्वासन देखाउने गरेको गुनासो आएको खेमले बताए । नक्कली आईडीबाट आफ्नै अग्रज दाजुभाइ, दिदीबहिनी, भाउजू र साथीहरु समेत झुक्किएको उनले बताए ।

यस्ता गतिविधिले आफूलाई दुःखी बनाएको खेमले बताएका छन् । उनले आफ्नो नाममा खोलिएका नक्कली आईडीबाट सचेत हुन सबैमा आग्रह गरेका छन् । ‘प्लिज केयरफुल । मेरो नामको आईडीबाट फोन, एसएमएस आयो भने एकचोटि राम्ररी प्रोफाइल हेर्नुस् । म्युचुअल फ्रेन्ड हेर्नुस्,’ उनी भन्छन् । नक्कली फेसबुक आईडीबारे आफ्नो तर्फबाट कानुनी प्रक्रिया अगाडि बढाउने पनि खेमले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?