+
+

१७ दिनपछि खुले संग्रहालय

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २४ गते १८:३०
छाउनीस्थित राष्ट्रिय संग्रहालय । फाइल तस्वीर

२४ माघ, काठमाडौं । सोमबारदेखि काठमाडौं उपत्यकाका संग्रहालयहरु खुला भएका छन् । कोरोना महामारीका कारण ८ माघदेखि बन्द भएका उपत्यकाका संग्रहालय जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशपछि सोमबारदेखि खुला गरिएको हो ।

राष्ट्रिय संग्रहालयका प्रमुख जयराम श्रेष्ठले आइतबार जिल्ला प्रशासन कार्यालयको आदेशपछि संग्रहालय खुला गरिएको जानकारी दिए । यद्यपि सुरक्षा सतर्कता एवं स्वास्थ्य मापदण्डको पालना गर्दै अवलोकनकर्तालाई सेवा दिइने उनले जानकारी दिए ।

पहिलो दिन भएकोले सोमबार अवलोकनकर्ताको उपस्थिति न्यून रहेको श्रेष्ठले जानकारी दिए । काठमाडौं उपत्यकामा सरकारी निकायबाट छाउनीमा नेपाली सेनाको सहित तीन र  मल्लकालीन दरबार क्षेत्रका तीन, स्वयम्भू, नारायणहिटी लगायत संग्रहालयहरु छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?