+
+

गण्डकीमा डा. तिवारी र प्रदेश १ मा डा. भट्टचनलाई स्वास्थ्य सचिवको जिम्मेवारी

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २४ गते १९:२०
डा. श्रीराम तिवारी र डा. अनुज भट्टचन

२४ माघ, काठमाडौं । गण्डकी प्रदेशको स्वास्थ्य सचिवमा डा. श्रीराम तिवारी र प्रदेश १ को स्वास्थ्य सचिवमा डा. अनुज भट्टचनलाई जिम्मेवारी दिइएको छ ।

गण्डकी प्रदेशमा डा. तिवारी र प्रदेश १ मा डा. भट्टचनलाई स्वास्थ्य सचिवको जिम्मेवारी दिइएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारी प्रशासन शाखा प्रमुख रघुराम विष्टले जानकारी दिए ।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा. भट्टचनलाई गण्डकी प्रदेशको स्वास्थ्य सचिवका लागि सामान्य प्रशासनलाई पत्राचार गरेको थियो । तर, सामान्यले उक्त पत्रमाथि कुनै प्रक्रिया अगाडि बढाएको थिएन । प्रक्रिया अगाडि नबढेपछि उनी केही समय फाजिलमा रहेका थिए ।

डा. तिवारी भने केही समयअघि मात्रै केन्द्रीय कारागार अस्पतालबाट राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रमा निर्देशकको रुपमा सरुवा भएका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?