+
+

महामन्त्रीमा हारेका महतलाई प्रवक्ताको जिम्मेवारी

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २४ गते २२:०८

२४ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डा. प्रकाशशरण महतलाई प्रवक्ता मनोनित गरेका छन् ।

कांग्रेसको विधान त प्रवक्ता मनोनित गर्ने सभापतिको अधिकार हो । तर महाधिवेशनमा प्रतिनिधिहरुले महामन्त्रीमा अस्वीकृत गरेका व्यक्तिलाई पार्टीको प्रवक्ता बनाउनु महाधिवेशनको म्याण्डेटको अपमान भएको नेताहरु बताउँछन् ।

मंसिरमा सम्पन्न १४ औं महाधिवेशनमा महत देउवाको प्यानलबाट महामन्त्री लडेका थिए । तर पराजित भए । डा. शेखर कोइराला समूहका गगनकुमार थापा र प्रकाशमान सिंहको प्यानलका विश्वप्रकाश शर्मा महामन्त्री निर्वाचित भए ।

महामन्त्रीमा पराजित महतलाई देउवाले सुरुमा केन्द्रीय सदस्य मनोनित गरेका थिए । सोमबार प्रवक्ताको जिम्मेवारी दिए । कांग्रेसमा प्रवक्तालाई अहिले पदाधिकारी मान्ने गरिएको छ र संसदीय बोर्ड लगायतका निर्णायक स्थानमा उपस्थिति हुन्छ ।

त्यही कारण महतले आफूलाई प्रवक्ता बनाउन देउवामाथि चर्को दबाव दिएको देउवा निकटवर्तीहरु बताउँछन् । यद्यपि देउवाको टिममा रमेश लेखकलाई प्रवक्ता बनाउनुपर्ने लबिङ थियो । त्यही आश्वासन दिएर देउवाले लेखकलाई १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य मात्र उठाएका थिए ।

तर, देउवा समूहमा आफ्नो छुट्टै गुट बनाएका डा. महत देउवाले झेल्न सकेनन् । स्रोतका अनुसार उनले आफ्नो समूहका नेताहरु बालकृष्ण खाँण, पूर्णबहादुर खड्का लगायतले आफूलाई महामन्त्रीमा हराएको गुनासो गर्ने गरेका छन् ।

सभापति भइसपेछि देउवाले गृहमन्त्री खाँणलाई सरकार र उपसभापति खड्कालाई पार्टीको जिम्मेवारी दिएका छन् । त्यही कारण डा. महतले आफू प्रवक्ता बनाउनुपर्ने अड्डी लिएपछि देउवाले हार्न नसकेको एक केन्द्रीय सदस्य बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?