+
+

अवैध रुपमा भारत लैजाँदै गरेको पाँच टन केराउ बरामद

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २५ गते १२:५४

२५ माघ, बुटवल । नेपालबाट अवैध तरिकाले भारततर्फ लैजाँदै गरेको ठूलो परिमाणको केराउ सशस्त्र प्रहरीले कपिलवस्तुको मर्यादपुरबाट बरामद गरेको छ ।

प्रहरी चौकी मर्यादपुरबाट खटिएको प्रहरी टोलिले नेपालबाट भारतको इटवातर्फ लैजाँदै गरेको करिब ५ लाख मूल्य बराबरको पाँच टन केराउ बरामद गरेको हो । प्रहरीले केराउ बोकेको भारतीय नम्बर प्लेटको यूपी ५५ टी २२९५ नम्बरको ट्रक पनि नियन्त्रणमा लिएको छ ।

प्रहरीले ट्रक चालक भारत सिद्धार्थनगर ग्राम इटवाका २७ वर्षीय धनप्रकाश अग्रहरीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको कपिलवस्तुका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए ।

बरामद गरिएको केराउसहितको ट्रक भन्सार कार्यालय सुठौली पठाइने प्रवक्ता भण्डारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?