+
+

नक्कली पीसीआर रिपोर्ट बनाएको आरोपमा चितवनमा दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २७ गते १२:१६

२७ माघ, चितवन । नक्कली पीसीआर रिपोर्ट बनाएको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चौबीसकोठीस्थित देव अस्पतालमा कार्यरत भरतपुर–१३ का स्वास्थ्य सहायक (हेल्थ एसिस्टेन्ट) २८ वर्षीय सन्दीप सापकोटा र रत्ननगर नगरपालिका–६ का २६ वर्षीय प्रकाश न्यौपाने रहेका छन् ।

अस्पतालमा उपचारका लागि आएका बिरामीको नमूना संकलन गरी नक्कली रिपोर्ट बनाएको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार उनीहरूलाई यही माघ २५ गते पक्राउ गरी आज सार्वजनिक गरिएको हो ।

पक्राउ परेकाहरुलाई लिखत् सम्बन्धी कसुरमा जिल्ला अदालतमार्फत म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रवक्ता अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?